arrow

मतदानलाई आन्दोलनले प्रभावित पार्न सक्ने भन्दै रुपन्देही प्रशासनद्वारा कर्फ्यू जारी 

logo
नारायण वली, 
प्रकाशित २०७७ असोज १८ आइतबार
butwal-curfew.jpg

रुपन्देही । प्रदेश नं ५ को राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा रुपन्देहीमा विरोध प्रदर्शन चर्किन थालेपछि जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले बुटवलका मुख्य स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति एक सूचना जारी गर्दै बुटवलस्थित प्रदेश सभा भवन, मन्त्रालय र मुख्य सरकारी कार्यालय रहेका स्थानहरुलाई निषेधित क्षेत्र घोषणा गरेको हो । 

रुपन्देही प्रशासनले ५ जना भन्दा बढी जम्मा हुन नपाउने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । स्थानीय प्रशासनले यही असोज १८ गते आइतबार बिहान ६ बजे देखि २१ गते साँझ ६ बजे सम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोक सम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको जनाएको छ ।

मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोक सम्म ५ जना भन्दा धेरै भेला हुन नपाइने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बताएको छ । 

यस्तै मूख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत् चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्ग सम्मको क्षेत्र भित्र भेला तथा प्रदर्शन गर्न नपाइने विज्ञप्तिमा उल्लेख गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ