arrow

'प्रदेशको राजधानी कपिलवस्तु हुनुपर्छ'

logo
प्रकाशित २०७७ असोज १८ आइतबार
surendra-rajj-achryakapilvastu.jpg.jpeg

कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुले प्रदेशको राजधानी कपिलवस्तु जिल्लामा हुनपर्ने जनाएको छ । पार्टी सभापति सुरेन्द्रराज आर्चायले प्रदेश ५ को स्थायी राजधानी कपिलवस्तु बनाउनुपर्ने जनाएका छन् ।

शुक्रबार प्रदेश सरकारले दाङ्ग जिल्लाको भालुवाङ्ग क्षेत्रलाई राजधानी प्रस्ताव गरेको विषयमा नेपाली कांग्रेस कपिलवस्तुले असहमति जनाएको छ । पार्टी सभापति सेरेन्द्रराज आर्चायद्धारा हस्ताक्षरित विज्ञप्तीमा प्रदेशका सबै जिल्ला र जनतालाई पायक पर्ने स्थान कपिलवस्तु रहेको हुंदा प्रदेश सरकारले गरेको प्रस्ताव उपयुक्त नभएको धारणा सार्वजनीक गरेका छन् । 

 प्रदेश ५ को सबैभन्दा ऐतिहासिक तथा पुरातात्विक दृष्टि र सबैको बीच भागमा पर्ने हिसाबले प्रदेशको राजधानी कपिलवस्तु बनाउनुपर्नेमा कांग्रेसको धारण रहेको छ । पार्टीले एक प्रेस विज्ञप्ती निकाली विच स्थानमा पर्ने जिल्ला कपिलवस्तु भएकोले कपिलवस्तुलाई राजधानी बजाउदा कुनै पनि जिल्लालाई असर नपर्ने जनाएको छ । 

‘बुद्धकालिन ऐतिहासिक महत्वको भूमि र सबैको बीच भागमा पर्ने जिल्ला कपिलवस्तु भएकाले प्रदेशको राजधानी यही हुनुपर्छ जिल्लाको जुन स्थानमा राखेपनि सबै जिल्लालाई पायक पर्ने हुंदा कपिलवस्तु नै राजधानी जायज रहेको पार्टीले जनाएको छ । 

अर्घाखाची तथा गुल्मी जस्ता पहाडी जिल्लाको लागी समेत गोरुसिगे तथा सालझण्डी हुंदै निर्माण गरिएका सडकले समेत कपिलवस्तु मध्यम स्थान रहेको पार्टीले जनाएको छ । त्यस्तै लुम्विनी क्षेत्र भारतका सिमाना तथा व्यापारिक नाका र गौतम बुद्ध अन्र्तराष्ट्यि विमानस्थलवाट समेत कपिलवस्तु नजिक हुने हुंदा कपिलवस्तुलाई राजधानी वनाउन उपयुक्त रहेको सभापति आर्चायले जनाएका छन् ।

प्राचिन कपिलवस्तुको राजधानी समेत कपिलस्तु रहेको हुंदा त्यसैलाई आधार मानि राजधानी कायम गर्न कांग्रेस कपिलवस्तुले माग गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ