arrow

प्रदेश राजधानीको समाधान वार्ताबाटै खोजौं, गिरफ्तार सबैको तत्काल रिहाइ होस् – डा. चन्द्र भण्डारी

logo
प्रकाशित २०७७ असोज १९ सोमबार
chandra-bhandari-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गुल्मीका पूर्व सांसद डा. चन्द्र भण्डारीले प्रदेश नम्बर ५ को राजधानीलाई लिएर भएका घटनाप्रति गम्भीर चासो व्यक्त गरेका छन् । उनले वार्ता र सहमतिबाटै निकास खोज्नुपर्नेमा लाठी, ढुंगामुढा, धरपकड र कर्फ्र्यू भन्दा सम्य र मर्यादिन बन्न आग्रह समेत गरेका छन् । 

नेता भण्डारीले तत्काल गिरफ्तारमा परेकाहरुलाई रिहा गर्न पनि माग गरेका छन् । सरकारलाई वार्ताको वातावरण बनाउन आग्रह गर्दै डा. भण्डारीले नेताहरुलाई जनउत्तरदायी बन्न आग्रह समेत गरेका छन् । उनी आफूले पनि वार्ताको पहल गरिरहेको जनाएका छन् । 

सामाजिक संजालमा उनले यसो लेखेका छन्, ‘पाचँ नं प्रदेशको राजधानीलाई लिएर बुटवलमा भैरहेका घटनाप्रति चासो बढ्दै गईरहेको छ । निकास त्यस प्रदेशका, क्षेत्रका नेताहरु संग वार्ता गरेर सहमतीबाट नै खोज्नु पर्दछ। लाठी, ढुंगा मुढा, धरपकड‌, कर्फ्यू भन्दा सभ्य‌ र मर्यादित बलियो वार्ता हुन्छ तसर्थ गिरफ्तार गरिएका नेताहरु बिष्णु पोखरेल, हरिलाल पाण्डे, शिव गैरे, मुक्ति पौडेल, ज्ञानेन्द्र कार्की, प्रकाश गैरे, कमला पाण्डे लगाएतको तुरुन्त रिहाईको माग गर्दछु । साथै सरकारलाई वार्ताको वातावरण बनाउन आग्रह गर्दै सबै नेताहरुलाई जनउत्तरदायी बनी दूरदृष्टि लिई जनहितमा आफ्नो ओठमा लागाएको जिप खोल्न अनुरोध गर्दछु । म आफ्नो तर्फबाट सबै नेताहरु संग वार्ताको लागि पहल गरिरहेको कुरा जानकारी गराउन चाहान्छु । चन्द्र भण्डारी ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ