arrow

इन्डियन प्रिमियर लिगः मुम्बई शीर्षमा, चेन्नई पनि जित्यो 

logo
प्रकाशित २०७७ असोज १९ सोमबार
ipl-mumbai-chennai.jpg

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा मुम्बई इन्डियन्स पुनः शीर्ष स्थानमा पुगेको छ । तेस्रो जित निकाल्दै शीर्ष स्थानमा पुग्ने क्रममा मुम्बईले सारजाहमा आइतबार सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गर्यो । 

डिफेन्डिङ च्याम्पियन मुम्बईले दिएको २ सय ९ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले ७ विकेटको नोक्सानीमा १ सय ७४ रन मात्र बनाउन सक्यो । कप्तान डेभिड वार्नरले ६०, मनिष पाण्डेले ३० रन बनाए । मुम्बईका ट्रेन्ड बोल्ट, जस्प्रित बुम्राह र जेम्स प्याटीनसनले २–२ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले ५ विकेटको नोक्सानीमा २ सय ८ रन बनाएको थियो । मुम्बईका लागि क्विन्टन डी ककले ६७ रन बनाए उनले ३९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै इशान किसनले ३१, सूर्यकुमार यादबले २७ तथा हार्दिक पाण्डयले २८ रन बनाए । हैदराबादका सन्दीप शर्मा र सिदार्थ कउलले २–२ विकेट लिए । 

आइतबार रातिको अर्को खेल
आइतबार रातिको अर्को खेलमा डिफेन्डिङ रनर अप चेन्नई सुपर किङ्सले किङ्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गर्यो । 

दुबई क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय ७९ रनको विजयी लक्ष्य चेन्नईले १७.४ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो । फाप डु प्लेसिस र शेन वाट्सनले पहिलो विकेटका लागि नटआउट १८१ रनको साझेदारी गरे ।

प्लेसिस ५३ बलमा ११ चौका र १ छक्कासहित ८७ तथा वाट्सनले ५३ बलमा ११ चौका र ३ छक्कासहित ८३ रन जोडे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले ४ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो । केएल राहुलले ६३ रन बनाएका थिए । 

सोमबारको खेल
सोमबार एउटामात्र खेल हुनेछ । 

रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्स बेलुकी ७ः४५ बजे दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा खेल्नेछन् । 

अंक तालिका
अंक तालिकामा मुम्बई, दिल्ली र बैंगलोरको समान ६ अंक छ । 

त्यसैगरी पन्जाब बाहेक सबै टिमको ४ अंक छ । पन्जाबको २ अंक मात्रै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ