arrow

प्रदेश ५ को संसद भवन घेर्न संघर्ष समितिको जोड, घेरा तोड्न नदिन सुरक्षा व्यवस्था कडा

logo
नारायण वली, 
प्रकाशित २०७७ असोज १९ सोमबार
pradesh-rajdhani-butwal.jpg

रुपन्देही । प्रदेशको राजधानी रुपन्देही कायम गर भन्दै संयुक्त संघर्ष समिति रुपन्देहीले सोमवार प्रदेश– ५ को संसद भवन घेराउ गर्ने विरोध कार्यक्रम अनुसार संसद भवन घेराउ गर्न जोड गरेपनि तर नेपाल प्रहरी र शसस्त्र प्रहरीले भने संसद भवन जाने बाटो बन्द गरेको छ । सशस्त्र प्रहरीको बाक्लो घेराले आन्दोलनकारीहरुलाई संसद भवन जाने बाटो पूर्वपश्चिम राजमार्ग अन्तर्गत नेपालगंज रोडस्थित सिन्दूर होटल अगाडि आन्दोलनकारीहरु अगाडि बढ्न खोजेपनि सुरक्षाकर्मीले छिर्न दिएका छैनन् । संघर्ष समितिले रुपन्देहीबाट कुनै पनि हालतमा दाङको भालुबाङमा स्थायी राजधानी लैजान नदिने अडान लिँदै आएको छ ।

बुटवललाई नै स्थायी राजधानी कायम गर्नु पर्ने माग राख्दै चरणवद्ध आन्दोलनमा रहेका यस क्षेत्रका विभिन्न संघ–संस्थाहरुले सोमबार साविक लुम्बिनी अञ्चल बन्दको आह्वान गरेका छन् । बुटवलमा व्यवसायीक संघ संस्थाको संयुक्त संस्था सञ्जाल रुपन्देहीले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै सोमबार बिहान ९ बजेदेखि लुम्बिनी अञ्चल बन्दको आह्वान गरेका हुन् ।

सञ्जालले सोमबार बुटवलको पुष्पलालपार्कमा भेला भई प्रदेशसभा सचिवालय घेराउ गर्ने कार्यक्रम रहेको संघर्ष समितिका संयोजक खिमबहादुर हमालले जानकारी दिएका छन् । विरोधको कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा वली र मूख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउनुको साथै सडकमा प्रदर्शन गर्ने कार्यक्रमहरु तय गरिएको संयोजक हमालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ