arrow

सुनको मूल्य घट्यो, कति पुग्याे?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १९ सोमबार
gold-jewellery.jpg

काठमाडौं । आइतबारको तुलनामा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँका दरले घटेको हो ।

महासंघका अनुसार आइतबार ९४ हजार ५ सय रुपैयाँका दरले कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ रहेको छ । यसअघि आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँका दरले रहेको थियो ।

सोमबार चाँदीको मूल्य स्थिर रहेको महासंघले जानकारी दिएको छ । आइतबार प्रतितोला ११ सय ८० रुपैयाँ कायम भएको चाँदीको कारोबार सोमबार पनि सोही मूल्यमा भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ