arrow

प्रदेश ५ राजधानी प्रकरणः प्रतिपक्षको अवरोध पछि स्थगित वैठक अझै वस्न सकेन

logo
नारायण वली,
प्रकाशित २०७७ असोज १९ सोमबार
pradesh5-birodh-capital-iss.jpg

रुपन्देही । प्रदेश नं.५ को स्थायी राजधानीको विषय टुङ्गो लगाउन सोमवार वसेको प्रदेश नं.५ प्रदेश सभा वैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोध गरेको छ। कांग्रेसको अवरोध पछि २ वजे वस्ने गरी स्थगित भएको वैठक अझै वस्न सकेको छैन् । 

बैठकको शुरुमै नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सुझाव संकलन समितिले ल्याएको प्रतिवेदनमा छलफल तथा सार्वजनिक नगरी एकलौटी रुपले ल्याएको प्रस्ताव आफुहरुलाई मान्य नभएको भन्दै असहमति जनाएका थिए ।

नेता कनौडियाले आफ्नो भनाई राखे लगतै सांसदहरुले रोष्टम घेराउ गरेका थिए । उनीहरुले संसदीय मर्यादा कायम राख्न र राजधानी विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राख्दै संघियबाट ल्याईएको राजधानी प्रस्तावको खुलेर विरोध गर्ने जनाएका थिए ।

साथै उनीहरुले मुख्यमन्त्री शंकर पाख्रेललाई लक्षित गर्दै लोकतान्त्रिक मुल्य मान्यतालाई लत्याउँदै ल्याईएको उक्त प्रस्ताव आम नागरिकको धारणालाई भन्दा पनि आफ्नो राजनीतिक अस्तित्वलाई जोगाउन ल्याएको आरोप लगाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ