arrow

च्याम्पियन्स लिग: सार्वाधिक गोलकर्ता रोनाल्डोको रियाल उपाधिको दाउमा

logo
प्रकाशित २०७३ जेठ १५ शनिबार
Champions-League-Final.jpg.jpeg
एजेन्सी। युरोपको क्लब फुटबलमा  सबै भन्दा ठुलो तथा व्यग्र प्रतिक्षा  गरिएको च्याम्पियन्स लिगको फाइनल खेल मिलानमा  हुदैछ। यो पटकको फाइनलमा स्पेनका दुई माहारथी रियल मड्रिड र एथिलेटिको मड्रिड उपाधीको लागि भिड्दै छन्।  
 
रियाल उपाधि जित्ने दाउमा रहेको उसका प्रशिक्षक जिनेदिन जिदानले दवाब आफुलाई राम्रो लाग्ने र दवाबमा खेल्न मजा आउने प्रतिकृयाले पनि स्पष्ट पारेको छ। स्टार खेलाडी रोनाल्डो पनि पुर्ण स्वस्थ रहेको पनि जिदानले बताएका छन्। 
 
एथ्लेटिको मड्रिड पनि पहिलो उपाधिकालागि तयार रहेको स्पष्ट छ। उसका ला-लिगाका पछिल्ला खेलहरुमा राम्रो प्रदर्शन नभए पनि उपाधिकालागि सत प्रतिशत दिने पक्का रहेको छ। २ पटक उप बिजेता रहेको एथ्लेटिकोले पहिलो पटक उपाधि जित्न आफ्नो पुर्ण शक्ति खर्चिने पक्का रहेको छ। 
 
जारी सिजनमा यी दुई टोली ला लिगामा क्रमश दोस्रो  तथा तेस्रो भएका थिए।उपाधी भने बार्सिलोनाले उचालेको थियो। जारी सिजनमा कुनै पनि उपाधी नजितेका यि दुई टोली यो सिजनको सर्बाधिक ठुलो उपाधी जित्दै आफ्ना समर्थकसग खुसी साट्न चाहान्छन्। च्याम्पियनस लिगमा सर्वाधीक सफल टिम हो रियल मड्रिड उसले हालसम्म १० पटक यो उपाधी जितिसकेको छ भने एथेलिटिको मड्रिडले हालसम्म योउपाधि जितेको छैन । 
 
उस्को यस प्रतियोगिताको सन् २०१३ मा फाईनल सम्म पुग्नु नै  राम्रो प्रदर्शन हो।उक्त फाईनलमा रियल मड्रिड सग अतिरिक्त समय मा ४-१ गोलअन्तरले पराजित हुन पुगेको थियो त्यसैले यस पटक एथलेटिको उक्त हारको बदला लिदै उपाधी जित्ने दाउमा छ भने अर्कोतर्फ आफ्नो गौरवमय इतिहास दोहोर्‌याउने ध्यानमा रहेको छ। 
 
उक्त खेलको  निर्धारित समय सम्म एथलेटिको १-० ले  अघाडी रहेको थीयोखेलको९३ औ मिनेटमा सर्जियो रामोसले रियल का लागि बराबरी गोल गर्दै खेलमा फर्काएका थिए भने थपिएको अतोरिक्त ३० मिनेट मा रियलले थप ३ गोलथप्दे एथलेटिकोको पहिलो पल्ट उपाधि जित्ने सपना चकनाचुर पारेको थियो।
 
सर्वाधीक गोलकर्ता 
च्याम्पियन्स लिगमा हाल सम्म कै उच्च गोलकर्ताकोपहिलो स्थानमा छन् रियल मड्रिडका किश्चियानो रोनाल्डो उनले १ सय २६ खेल खेल्दै ९३ गोल गरेका छन भने दोस्रो स्थानमा बार्सिलोनाला स्टार लियोनल मेस्सी रहेका छन् उनले १ सय ६ खेल खेल्दै ८३ गोल गरेका छन्।
 
मड्रिड डर्वीमा पछिल्ला  ५ बर्षमा यि दुई टोली २३ पटक एक अर्का विरुद् खेलेका छन् जसमा रियलले १३ पटक तथा एथलेटिकोले ५ पटक जितेका छन भने ६ खेल बराबरीमा सकिएको थियो। 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ