arrow

प्रदेश ५को राजधानी प्रकरणः प्रदेशसभा वैठकमा होहल्ला र तोडफोड

प्रदेशसभा बैठक मंगलबारसम्म स्थगित

logo
नारायण वली,
प्रकाशित २०७७ असोज १९ सोमबार
pradesh5-sabha-todfod-vanda.jpg

रुपन्देही । प्रदेशको स्थायी राजधानी दाङको भालुवाङलाई वनाउने प्रस्तावको बिरोधमा असन्तुष्ट सांसदहरुले प्रदेश ५को सभामादमा तोडफोड गरेका छन्। प्रदेश नं.५ सरकारद्धारा प्रदेशसभामा पेश गरेको प्रस्तावको बिरोधमा अवरुद्ध भएको वैठक पुन संचालन हुँदा दोस्रोपटक तोडफोड समेत भएको हो। दोस्रो पटक वसेको वैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरु तोडफोडमा उत्रिएका थिए।

स्थायी राजधानी दाङको भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावमाथि छलफल शुरु भएसँगै विपक्षी दलका सांसदहरुले प्रदेशसभामा होहल्ला गर्दै तोडफोड गरेका थिए। दोस्रो वैठकमा रुपन्देहीलाई नै स्थायी राजधानी वनाउनु पर्ने माग राख्दै विपक्षी दलका सांसदहरुले बैठक कक्षमा नाराबाजी गर्दै टेबुल माथि कुर्सी फालेका थिए ।

यसअघि दिउँसो १ वजेको वसेको पहिलो वैठकमा नेपाली कांग्रेसको विरोधका कारण बैठक रोकिएको थियो । दोस्रो पटक शुरु भएको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले छलफल गर्ने प्रस्ताव पेश गरे सँगै विपक्षीहरुले रोष्ठम घेराउ गर्दै नाराबाजी गरेका थिए ।

प्रदेशसभा बैठक मंगलबारसम्म स्थगित

प्रदेश नं. ५ को प्रदेशसभा बैठक मंगलबार १२ बजे बस्ने गरी स्थगित भएको छ । प्रदेशको नाम र स्थायी राजधानीको प्रस्तावमाथी छलफल गर्ने कार्यसूचीमा प्रवेश लगत्तै भएको होहल्ला र तोडफोड पछि वैठक मंगलवारसम्मका लागि स्थगित गरिएको हो। 

बैठकमा स्थायी राजधानीको प्रस्तावको विरोध गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगायतका अन्य साना दलहरुले संसद कक्षमै नाराबाजी गर्दै कुर्ची टेबल समेत तोडफोड गरेपछि वैठक मंगलवार वस्ने गरी स्थगित भएको हो ।

यसैगरी संसद वैठकको विशेष समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद भोज प्रसाद श्रेष्ठले स्थायी राजधानी दाङ प्रस्तावको विरोध गरेका थिए । विधि र प्रक्रिया विपरित प्रस्ताव ल्याईएको बताउँदै उनले अव्यवहारिक ढंगले स्थायी राजधानी दाङ राख्ने प्रस्ताव आएको जनाएका थिए । 

यस्तै सत्ता पक्षका विभिन्न सांसदहरुले रुपन्देही, दाङ अथवा कपिलवस्तु मध्ये एक जिल्लामा स्थायी राजधानी रहनुपर्ने भन्दै आ–आफ्नो धारण व्यक्त गरेका थिए । बैठक अवधिभर नाराबाजी गर्दै, विपक्ष दलका सांसदहरुले चोर बाटोवाट संसदमा दाङ स्थायी राजधानी प्रस्ताव ल्याईएको बताउँदै विरोधमा उत्रिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ