arrow

स्यामसुङ ग्यालेक्सी जेड फोल्ड टुको प्रि बुकिङ खुला

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १९ सोमबार
samsung-Z-fold.jpg

काठमाडौं। स्यामसुङ ग्यालेक्सी जेड फोल्ड टु स्मार्टफोन को प्रि बुकिङ खुला भएको छ। कम्पनीले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो। कम्पनीका अनुसार स्यामसुको उक्त स्मार्टफोन स्मार्टडोकोमार्फत बुकिङ गर्न सकिने छ। प्रि–बुकिङ  गर्दा ५ हजार रुपैयाँ भुक्तानी गर्नु पर्ने र बाँकी ह्याण्डस सेट हातमा परेपछि भुक्तानी गर्दा हुने कम्पनीले जनाएको छ । स्मार्टफोनको कुल मूल्य भने २ लाख ४९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ।

उक्त स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ। किताब जस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्री क्यामेरा रहेको स्मार्टफोनको मूख्य विशेषता रहेको छ। ह्याण्ड्स फ्री क्यामेरा हात वेभ गरेपछि शुट गर्छ। स्यामसुङ ग्यालेक्सी बड्स लाइभ निःशुल्क पाईने र ग्राहकहरुले १ पटकको लागि १२ महिनाको ब्रेकेज बीमा पनि प्राप्त गर्न सक्ने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ। उक्त स्मार्टफोन प्रि–बुकका लागि वेभसाइटमा गएर गर्न सकिने छ।स्मार्टडोकोबाट प्रि–बुकिङ असोज २८ गते सम्म मात्र खुल्ला गरिएको छ । स्मार्टडोकोले उक्त सेट नेपाल भरी निःशुल्क डेलिभरी गर्ने कम्पनीको दावी छ।

के हो स्मार्टडोको ?

स्मार्टडोको नेपालको ठूलो ई–कमर्स प्लेटफर्म हो । यसले सरल र सुरक्षित रुपमा इस सेवा दिँदै आएको छ। स्मार्टडोकोमा विभिन्न १० क्याटोगोरी छ । थुप्रै सव क्याटोगोरीहरु छन् जहाँ ग्राहकहरूले १० हजार भन्दा बढी सामानहरू खरीद गर्न सक्ने छन्।

ग्राहकहरूले www.smartdoko.com वेभसाइट भिजिट गर्न सक्ने छन् । साथै एन्ड्रोइड वा आईएसवोमा स्मार्टडोको सजिलै डाउनलोड गर्न सकिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ