arrow

इन्डियन प्रिमियर लिगः दिल्लीको कमाल कायमै

logo
प्रकाशित २०७७ असोज २० मंगलबार
ipl-delhi1.jpg

काठमाडौं । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीले यसपालि कमालको प्रदर्शन गर्दै शीर्ष स्थानलाई यथावत् राख्न सफल भएको हो । दुबईमा सोमबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बैंगलोरले ९ विकेटको नोक्सानीमा १ सय ३७ रन बनायो । बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । दिल्लीका कागिसो राबडाले ४ विकेट लिए । एन्रीच नोर्ट्जे र अक्षर पटेलले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेटको नोक्सानीमा १ सय ९६ रन बनाएको थियो । मार्कस स्टोनिसले नटआउट रहँदै ५३ रन बनाए । यस्तै पृथ्वी शले ४२ रन जोड्दा ऋषब पन्तले ३७ रन बनाए । शिखर धवनले ३२ रन बनाए । 

यसपटक पनि खेलेनन् सन्दीप
दिल्लीले यसपटक पनि सन्दीपलाई भने मैदानमा उतारेन । सन्दीप लगातार पाँचौ खेलमा टिममा नपरेका हुन् ।

अहिलेको टिम सेट रहेका अवस्थामा सन्दीपले खेल्ने सम्भावना कमै हुनेछ । 

अंक तालिका 
अंक तालिकामा ५ खेलबाट ४ जितसहित दिल्ली ८ अंकबाट शीर्ष स्थानमा रहेको छ । 

६ अंकसहित मुम्बई इन्डियन्स र बैंगलोर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, चेन्नई सुपर किंगस र सनराइजर्स हैदराबादको ४–४ अंक छ । 

२ अंकको पंजाब पुछारमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ