arrow

राजधानीको विषय पेचिलो बन्दै, सडक–सदनमा चर्को विरोध जारी

logo
नारायण वली, 
प्रकाशित २०७७ असोज २० मंगलबार
pradesh-5-rajdhani-andolan.jpg

रुपन्देही । प्रदेश नं ५ सरकारले स्थायी राजधानी दाङको देउखुरी उपत्यका राख्ने प्रस्ताव अघि सारेपछि गत शुक्रबारदेखि रुपन्देहीमा सडकदेखि सदनसम्म आन्दोलन चर्किएको छ । स्थायी राजधानी र नामबारे प्रदेश सरकारले सदनमा पेश गरेको प्रस्तावविरुद्ध सडक र सदनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आन्दोलन चर्काउँदै आएको छ । 

सोमवार प्रदेश सभामा प्रदेश राजधानीको प्रस्ताव विरुद्धको आन्दोलनमा जनता समाजवादी पार्टीले समेत कांग्रेसलाई साथ दिएको थियो । सत्ता पक्षकै कतिपय सांसद पनि प्रदेश राजधानी रुपन्देही नै हुनुपर्छ भन्ने पक्षमा देखिएका थिए, भने जसले गर्दा कांग्रेसले थालेको विरोधका लागि थप बल पुगेको छ । जिल्लाका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख पनि राजधानी रुपन्देही नै हुनुपर्छ भन्ने अडानमा उभिदै आएका छन् ।

स्थायी राजधानी दाङ लैजाने सरकारको प्रस्ताव विरुद्ध बुटवलका नेपाली कांग्रेसका नेता, कार्यकर्ता र केही व्यवसायिक संघ–संस्थाहरुले सोमवार दिनभर पूर्वपश्चिम राजमार्गमा धर्ना दिएका थिए । प्रदेश सभा भवन नजिकै दिनभर धर्ना र प्रदर्शन गरिएको थियो । 

बुटवललाई नै राजधानी कायम गर्ने प्रस्ताव नल्याउँदा सम्म आन्दोलन नरोक्ने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा संयुक्त सङ्घर्ष समिति सञ्जाल रुपन्देहीका संयोजक खिमबहादुर हमालले जिकिर गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ