- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । प्रदेश नं ५ सरकारले स्थायी राजधानी दाङको देउखुरी उपत्यका राख्ने प्रस्ताव अघि सारेपछि सहमतिका लागि मंगलबार १२ बजेलाई बोलाएको बैठक १ घण्टा ढिला गरी सुरु भएको छ ।
राजनीतिक दलहरुबिच सहमति नभए राजधानीको पक्ष र बिपक्षमा मतदान हुने छ। मतदानका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र विपक्षी दल नेपाली कांग्रेसले ह्विप जारी गरेको छ ।
सरकारले ल्याएको प्रस्ताव माथि तीन जनाले संसोदन प्रस्ताव हालेका छन् ।
प्रदेश सभामा ८७ जना सांसदहरु रहेका छन् । जसमा ६१ जना सांसद नेकपाका रहेका छन् । त्यस्तै नेपाली कांग्रेसका १९ जना, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद प्रदेश नं.५ मा रहेका छन् । जसमा सभामुख र उपसभामुखले मतदान गर्न पाउने छैनन। नेकपा ५९ जनाले मात्र मतदान गर्न पाउनेछन् ।