- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बुटवल। प्रदेश नं ५ को राजधानी दाङ दुई तिहाइले बहुमतले पारित भएको छ । प्रस्तावित राजधानी दाङको देउखुरी उपत्यकालाई प्रदेश सभामा दुई तिहाइ मत पाएर पारित भएको हो। प्रदेश सभामा रहेका ८७ जना सांसद मध्ये ८२ जना उपुस्थित रहेका थिए । त्यसमध्ये १३ जनाले विपक्षमा र ६९ जनाले पक्षमा मतदान गरेका थिए।
राजधानी दाङ हुन्न भन्ने १३ जनाले राजधानी दाङको विपक्षिमा मतदान गरेका थिए। राजधानी दाङको पक्षमा ६९ जनाले मतदान गरेका थिए भने मतदानमा ५ जना अनुपस्थित थिए। प्रदेशको राजधानी तोकिएसँगै प्रदेश नामाकरणको बारेमा छलफल भइरहेको छ । प्रदेशको नाम 'लुम्बीनी' हुनसक्ने बताइएको छ।