arrow

कांग्रेसको ह्वीपलाई कसले माने, कसले मानेन् ?

प्रदेशको नाम लुम्बीनी

logo
प्रकाशित २०७७ असोज २० मंगलबार
pradesh-57.jpg

बुटवल । प्रदेश नं ५ को राजधानी  दाङको देउखुरी उपत्यका दुई तिहाइले पारित भएको  छ । मतदानमा प्रदेश सभामा रहेका ८७ जना सांसद मध्ये ८२ जना उपस्थित रहेका थिए ।  त्यसमध्ये  १३ जनाले  विपक्षमा र ६९ जनाले पक्षमा मतदान गरेका थिए । 

राजधानी दाङ हुन्न भन्ने १३ जनाले राजधानी दाङको विपक्षमा मतदान गरेका थिए ।  राजधानी दाङको पक्षमा ६९ जनाले मतदान गरेका थिए  भने  सभामुख सहित  ५ जनाले मतदान गरेनन् । नेपाली कांग्रेस नेता सुरेन्द्र हमाल उपस्थित थिएनन् । जनता समाज पार्टीका सन्तोष कुमार पाण्डे, कल्पना पाण्डे र जनमोर्चाकी तरार जिसीले बहिस्कार गरेका थिए ।  

प्रस्तावित राजधानी दाङको पक्षमा नेपाली कांग्रेसका ५ जना, नेकपाका ६० जना र जनता समाज पार्टीका ४ जनाले मतदान गरेका छन् । कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्य शंकर गिरी, डिल्ली बहादुर चौधरी र अर्जुन श्रेष्ठलायत ५ जनाले दाङको पक्षमा मतदान गरेका छन् । पार्टीले ह्वीप जारी गरेपनि उनीहरुले ह्वीप नमनि मतदान गरेका हुन् । 

नेपाली कांग्रेसका तर्फबाट ५ नम्बर प्रदेशसभामा प्रतिनिधित्व गर्ने  १३ जना सांसद्हरुले हुन्न भन्ने पक्षमा दाङ राजधानीको विपक्षमा मतदान गरेका छन् । उनीहरुले  पार्टीको ह्वीपलाई मानेर मतदान गरेका हुन् । दाङको विपक्षमा मतदान गर्नेमा अष्ठभुजा पाठक, निर्मला क्षेत्री, पुष्षा थरुनी, फखरुदिन खाँ, माला गोतामे सुनार, रमा अर्याल, रिना नेपाल बिक, रुन्धाबति शर्मा, बसिउद्दिन खाँ, बिरबाहादुर राणा, बिरेन्द्र कुमार कनौडिया, बैद्धनाथ कलबार, शान्तिदेवी स्वर्णकार रहेका छन् ।
    
प्रदेशको राजधानी तोकिएसँगै नाम पनि  'लुम्बीनी' राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ