arrow

दशैं अफरः स्मार्टडोकोको खरीदमा सेलपेबाट भुक्तानी गर्दा सामसुङ स्मार्टफोन उपहार

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २० मंगलबार
smartdoko-cellpay-dashain-o.jpg

काठमाडौं। बडादशैंको शुभ अवसरमा नेपालको नम्बर १ अनलाइन् मेगास्टोर स्मार्टडोकोले सेलपेको सहयोगमा “स्मार्ट दशैं अफर” ल्याएको छ । यस अफरबाट स्मार्टडोकोका ग्राहकहरुले हरेक दिन सामसुङ्ग स्मार्टफोन जित्ने मौका पाउन सक्नेछन्। यसको लागि स्मार्टडोकोमा सेलपे मार्फत भुक्तानी गर्नुपर्ने हुनेछ ।

ग्राहकहरूले बिहान ११ बजेसम्म सामान अर्डर गरेमा त्यहि दिन अडर डेलिभरी हुने समेत स्मार्टडोकोले जनाएको छ। स्मार्टडोकोसँग सामसुङ्ग, प्यानासोनिक, बाल्ट्रा, डाक्टर ब्राउन्, क्रेन, ड्रीमबाबी, डीजेआई, एनर्जाइजर, केटीएम सिटी, निभिया र अन्य धेरै ब्रान्डका सामानहरु भारी छुटमा राखिएका छन् ।

ग्राहकहरुले खाद्यान्न, कोभिड एसन्सियल, मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेशन आइटम र बेबी केयर लगायत १० हजार भन्दा धेरै थरीका सामानहरुको स्मार्टडोको मार्फत किनमेल गर्न सकिने कम्पनीले जनाएको छ ।

स्मार्टडोको र सेलपे डाउनलोड गरेकाहरुले सहजै कारोबार गर्न सकिने र बैंक खाताहरू लिंक गर्न सकिने जनाइएको छ । डाउनलोड नगरेकाहरुले तत्काल एप्स डाउनलोड गरी स्मार्टडोकोबाट सामान खरिद गरी अफरको लाझ उठाउन सकिने स्मार्टडोकोले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ