arrow

मंगलबार ८ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबारकै मूल्यमा फर्कियो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २१ बुधबार
diamond-gold-jewellery.jpg.jpeg

काठमाडौं । सोमबार प्रतितोला ९४ हजार १ सय रुपैयाँ प्रतितोला रहेको छापावाल सुनको मूल्य मंगलबार ९४ हजार ९ सय रुपैयाँका दरले कारोबार भएको थियो । तर, बुधबार फेरि सुनको मूल्य ८ सय रुपैयाँले घट्दै छापावाल सुनको मूल्य ९४ हजार १ सय रुपैयाँमा नै फर्किएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ रहेको छ । यसअघि मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँका दरले कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्यमा समेत गिरावट आएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलबार १२ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदीको मूल्य बुधबार प्रतितोला ११ सय ७५ रुपैयाँका दरले कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । यसअघि सोमबार चाँदीको मुल्य प्रतितोला ११ सय ८० रुपैयाँ रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ