arrow

नेपालगञ्जमा उपचाररत दाङकी कोरोना संक्रमित महिलाको मृत्यु

logo
प्रकाशित २०७७ असोज २१ बुधबार
woman-dead-body.jpg

नेपालगञ्ज । नेपालगञ्जमा बुधबार  फेरि एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । 

दाङको घोराही उपमहानगरपालिका १५ की ३५ वर्षीया महिलाको बुधबार  दिउँसो ३ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

 उनको दुबैतिरको फोक्सोमा कडा निमोनिया भएको थियो । असोज १८ गते नेपालगन्ज मेडिकल कलेजमा कोरोना पुष्टि भएपछि त्यसै दिन उनलाई भेरीमा ल्याइएको थियो । 

योसंगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका १० जना कारोना संक्रमितको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ