arrow

विनोद खन्नासँगको यो सीन सम्झदा आज पनि लाग्छ माधुरीलाई पछुतो

logo
प्रकाशित २०७७ असोज २१ बुधबार
madhuris.jpg

काठमाडौं । बलिउड अभिनेता विनोद खन्नाले आफ्नो करियरमा कयौ सम्झन लायक चलिचित्र दिएका छन् ।  विनोद खन्ना सफलताको बाबजुद पनि उनले  जीवनमा शून्यता महसुस गरेर आलिशान घर छोडेर सन्यास लिए । ७० को दशकको अन्ततिर उनले सन्यास लिएर आध्यात्मिक गुरु ओशोको आश्रममा गए।  तर विनोद खन्नासँगको एक भुमिका भने बलिउड अभिनेत्री माधुरी दीक्षितलाई आज पनि पछुतो लाग्छ ।

विनोद खन्नाको चलचित्रमा रोमान्टिक रोल गर्ने बारे सोचेका थिए । सो समय फिरोज खान 'दयावान' फिल्म बनाइरहेका थिए । विनोदलाई फिरोज खानले दयावानको मुख्य भुमिका निभाउन अफर गरे ।  साथै अभिनेत्रीको लागि खानले माधुरीलाई छानियो ।

उक्त समय माधुरीको उमेर २१ बर्षको थियो भने विनोद खन्ना ४२ बर्ष पुगेका थिए । बलिउड उद्योगमा संघर्ष गरिरहेकी माधुरीले सो समय फिल्मको लागि तयार थिइन् तर हीरोको उमेरे निकै धेरै रहेको बताउथिन् । यसैबिच फिल्मको सुटिङ  शुरू भयो ।

फिल्ममा माधुरी र विनोदको केहि इन्टीमेट र लिपलक सीन थियो । सबैले सोचेका थिए कि शायद माधुरीयो सीन गर्ने छैनन् । माधुरीले सबैको अगाडि विनोदसँग सहजताका साथ सीन दिइन् । जब फिल्म रिलीज भयो तब दर्शकले सबैभन्दा ज्यादा इन्टीमेट सीनको बारेमा कुरा गरे । सो समय यस प्रकारको सीन फिल्मामा ठुलो कुरा हुन्थ्यो ।

माधुरीले एक अन्तर्वार्तामा फिल्म दयावानमा उनले जुन किस सीन गरिन् , त्यसको आज पनि उनलाई पछुतो रहेको बताइन् । उनले भनिन्,' सो समय मैले त्यसतो गर्नुहुने थिएन ।' दयावानपछि माधुरीले आफ्नो करियरमा पुन: कुनै बोल्ड सीन दिइएकी छैनन् ।

विनोद खन्नाको उदारचढाव

बलिउड फिल्म उद्योगलाई अभिनेता विनोद खन्नाले एक सय एक  हिट फिल्महरु दिएका छन्। यद्यपी उनी हामी बीच छैनन् तर उनी आफ्ना फिल्महरु मार्फत सधैं दर्शकहरुको मनमा जीवित रहेका छन् । विनोद खन्नाको जन्म ६ अक्टोबर १९४६ मा पेशावर, पाकिस्तान (तत्कालीन ब्रिटिश भारतमा) मा भएको थियो। हिजो मंगलबार विनोद खन्नाको ७४ औँ जन्मदिन हो ।

विनोद खन्नाका बुबा कपडा र क्यामिकलको व्यवसाय गर्थे। भारत पाकिस्तान विभाजनपछि उनको परिवार पेशावरबाट मुम्बई सरे। विनोद खन्नाले मुम्बईको सेन्ट मेरी स्कूलबाट शिक्षा हासिल गरेका थिए। १९५७ मा उनको परिवार दिल्ली बसाई सरे। विनोद खन्नाले आफ्नो बाँकी शिक्षा दिल्ली पब्लिक स्कूलमा गरे। तीन वर्ष पछि उनको परिवार मुम्बई फर्कियो। जहाँ उनी सेडेनहम कलेजबाट कमर्समा स्नातक गरे।

विनोद खन्नाले कलेज दिनदेखि नै थिएटरमा काम गर्न शुरू गरेका थिए। यहाँ उनको भेट गीताञ्जलीसँग भयो । गीताञ्जली उनकी पहिलो श्रीमती हुन्। विनोद खन्नाले 'मान का मीत' फिल्मबाट हिन्दी सिनेमामा प्रवेश गरे। यसमा नायकमा सुनील दत्त र खलनायकको रूपमा विनोद खन्ना थिए। चलचित्रमा निरन्तर सफलता पाएपछि उनले गीताञ्जलीसँग विवाह गरे। उनीहरूका दुई छोरा, अक्षय खन्ना र राहुल खन्ना भए।

विनोद खन्नाले आफ्नो करियरमा १५० भन्दा बढी फिल्महरूमा अभिनय गरे। ७०–८० को दशकमा अमिताभ बच्चन आफ्नो करियरको उचाइमा थिए त्यस समयमा उनको स्टारडमलाई प्रतिस्पर्धा गर्ने  विनोद खन्ना एक मात्र अभिनेता मानिन्थ्यो। विनोद खन्ना आनन्दित जीवन बिताइरहेका थिए। उनले शशि कपूर जु्स्तै आइतवार काम गरेनन् ।

 यति सफलताको बाबजुद पनि विनोद खन्नाले जीवनमा शून्यता महसुस गरे।  यसैबीच, उनले आलिशान घर छोडेर सन्यास लिने निर्णय गरे। करियरको शिर्ष स्थानमा रहेको बेला विनोद खन्नाले हिन्दी सिनेमाबाट टाढा जाने निर्णय गरेका थिए। ७० को दशकको अन्ततिर, विनोद खन्ना ओशो (आचार्य रजनीश) बाट प्रभावित थिए र रजनीश आश्रममा संन्यासी बने ।  एउटा अन्तर्वार्ताका क्रममा उनले भनेका थिए -उनीसँग धन र प्रसिद्धि छ, तर एक अभावको महसुस भइरहन्छ । यसै कारण उनले सन्यास लिने  निर्णय गरे र अमेरिकामा आध्यात्मिक गुरु ओशोको आश्रममा गए। 

त्यहाँ उनले पाँच वर्ष बिताए । आश्रममा उनी माली बने ।  शौचालय पनि सफा गरे ।  भारत फर्कएपछि श्रीमती गीताञ्जलीसँग उनको सम्बन्धविच्छेद भयो। सन्  १९९० मा विनोद खन्नाले कवितासँग दोस्रो विवाह गरे। उनीहरूको एक छोरा साक्षी खन्ना र छोरी श्रद्धा खन्ना छन्।

स्व अभिनेता विनोद खन्नाका छोराहरू अक्षय खन्ना र राहुल खन्नालाई धेरैले चिन्छन्, तर उनको तेस्रो छोरा साक्षी खन्नाको बारेमा थोरै मात्र थाहा हुन सक्छ। करिब ३ बर्ष अघि साक्षी खन्नाले आफ्नो प्रोडक्सन हाउस खोलेका थिए ।  तर उनले पनि आफ्नो बुबा विनोद खन्नाको मार्ग अनुसरण गरेका छन् । साक्षी खन्ना पनि ओशोको भक्त भइसकेका छन।  साक्षी फिल्म 'बाजीराव मस्तानी' मा संजय लीला भन्सालीका सहायक निर्देशक थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ