- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अनसनरत डा. गोविन्द केसीले उठाएका जायज मागहरूलाई पूरा गरि जीवन जोगाउन नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाल सरकारसंग माग गरेको छ । मंगलबार नेपाली जनसम्पर्क अधिवेशन तयारी समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले डा.केसीलाई सरकारले प्रस्तुत गरेको ब्यवहार अमानवीय, अपमानजनक र अनुदार भएको ठहर गर्दै, सरकारको यस किसिमको रवैया र दुरव्यवहार प्रति समितिले निन्दा र भत्सर्ना गरेका छन् ।
समितिले डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको प्रति ध्यानाकर्षण जनाएको छ । नेपालको चिकित्सा शिक्षामा आमुल सुधारका माग राखि २० दिन अगाडि जुम्लाबाट शुरू भएको अनशन काठमाण्डौंको शिक्षण अस्पतालमा पुग्दा अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।
'विगतमा अनसनरत डा.के.सीका मागहरूलाई नेपाली कांग्रेसको पालामा सम्बोधन गर्दै “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, ०७४” जारी गरिएको कुरा सबैलाई सर्वविदितै छ । त्यही अध्यादेशको जगमा टेकेर अनसनरत डा. केसीको अहिले उठाएका जायज मागहरूलाई पूरा गर्न र उहाँको जीवन जोगाउन नेपाली जनसम्पर्क समिति अमेरिका नेपाल सरकारसंग जोडदार माग राख्दै, हार्दिक अपिल र आग्रह गर्दछ' विज्ञप्तिमा उल्लेख छ ।