arrow

च्याम्पियन्स लिग: रियाल मड्रिडको ११औं उपाधि, एथ्लेटिको तेस्रोपल्ट स्तब्ध

logo
प्रकाशित २०७३ जेठ १६ आइतबार
Champions_league_Winner.jpg.jpeg
काठमाडौं। रियाल मड्रिडले ११औं पल्ट युरोपको ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिग उपाधि जितेको छ। नियमित समयमा १-१ गोलको बराबरी भएपछि अतिरिक्त समयमा निर्णय हुन नसकेको खेल रियाले पेनाल्टी शुटआउटमा ५-३ गोलले जित हात पारेको हो। 
 
यसअघिको सन् २०१३-१४को च्याम्पियनस् लिगको फाईनलमा पनि रियालले एथ्लेटिकोलाई पराजित गरेको थियो।  
 
खेलको पहिलो हाफ रियाल मड्रिडले आफ्नो पक्षमा पारेको थियो। खेलको १५औं मिनेटमा सर्जियो रामोसले गारेथ बेलको हेडफ्लिकलाई गोलमा परिणत गरेका थिए। उक्त गोलसँगै रियाल १-० गोलले अघि रहेको थियो। पहिलो हाफको खेलमा एथ्लेटिको मड्रिडले खासै कुनै प्रभाव छाड्न सकेको थिएन।
 
खेलको ४८औं मिनेटमा एथ्लेटिकोका एन्थोनी ग्रिजम्यानले पेनाल्टी पोलमा ठोक्किएर गोल हुन सकेको थिएन। दोस्रो हाफमा रियाल पुर्ण रक्षात्मक रहेको थियो भने एथ्लेटिकोले आक्रमणहरु गरेको थियो। 
 
खेलको ७९औं मिनेटमा रक्षात्मक खेल खेलिरहेको रियालले गरेको आक्रमण सफल हुन नसकेपछि पाएको काउण्टरमा एथ्लेटिकोका कारास्कोले गोल गर्दै खेल १-१को बराबरीमा पुर्‍याएका थिए। रक्षात्मक खेल खेलिरहेको रियालको केहि समय अघिसम्म सुनिश्चित देखिएको जित एक्कासी धर्मराएको थियो।
 
त्यसपछि रियालले खेल बराबरीमा राख्ने प्रयास राख्यो जस्मा उ सफल भएको थियो। खेलको अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो। 
 
रियालले ५मा ५ गोल गरेको थियो भने एथ्लेटिकोका जुआफ्रांले गोल गर्न नसकेपछि रियाल ५-३ गोलले बिजयी भएको थियो। रियालकालागि निर्णायक पेनाल्टी स्टार खेलाडी रोनाल्डोले प्रहार गर्दै आफ्नो टोलिलाई जित दिलाएका थिए। 
 
रियालको यो ११औं च्याम्पियन्स लिग उपाधि हो भने एथ्लेटिको ३ पटक उप-बिजेता रहिसकेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ