arrow

च्याम्पियन्स लिगको उपाधि रियाल मड्रिडलाई, जिदानको कीर्तिमान, सिजनको सुखद् विदाई

logo
प्रकाशित २०७३ जेठ १६ आइतबार
Rel-madrid.jpg.jpeg
एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनिश क्लब रियाल मड्रिडले जितेको छ । आफ्नै होम टाउनको एथ्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा हराउँदै रियालले उपाधि जितेको हो । योसंगै रियालले सर्वाधिक ११ पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । एथ्लेटिको तीन पटक फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन । 
 
इटलीको मिलानमा भएको फाइनल खेल निर्धारित समयमा १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको हो । पेनाल्टी सुटआउटमा रियाल ५–३ ले विजयी भयो । खेलको सुरुवाती १५ मिनेटमै रियालका सर्जियो रामोसले गोल गर्दै अग्रता दिलाए । ७९औं मिनेटमा यानिक कारास्कोले गोल गर्दै १–१ को बराबरी गरे । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा पनि गोल हुन सकेन । 
 
टाइब्रेकरमा रियालका लुकास माकुइज, मार्सेलो, ग्यारेथ बेलले गोल गरे । एथ्लेटिकोका एन्टोनी ग्रिजम्यान, जावी, साउल निगेजले गोल गरे । यद्यपि, हुँवानफ्रानले पेनाल्टी खेर फालेको फाइदा उठाउँदै सर्जियो रामोस र क्रिश्चियानो रोनाल्डोले गोल गर्दै टोलीलाई जिताए । यससँगै फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानले क्लबमा आएको पहिलो सिजनमै रियाल मड्रिडलाई युरोपियन च्याम्पियन बनाएका छन् ।
 
जिदानले खेलाडी र प्रशिक्षकको रुपमा उपाधि जित्ने कीर्तिमान समेत बनाएका छन् । गएको जनवरीमा राफा बेनिटेजलाई क्लबले बर्खास्त गरेपछि रियाल मड्रिडको प्रशिक्षक बनेका जिदानले सन् २००२ मा खेलाडीको रुपमा युरोपियन च्याम्पियन्स लिगको सफलता हात पारेका थिए । रियालको प्रशिक्षक हुनु अघि उनी रियालकै जुनियर टोलीको प्रशिक्षण सम्हालिरहेका थिए । दुई साता अघि बार्सिलोनाभन्दा एक अंकले पछि परेर स्पेनिश ला लिगा उपाधि जित्न नसकेको रियालले च्याम्पियन्स लिगको उपाधि जित्दै सिजनको सुखद् विदाई गरेको छ ।
 
 
Gareth BaleGareth Bale
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ