arrow

बुधबार संक्रमण देखिएका बुटवलका पुरुषको मृत्यु

logo
प्रकाशित २०७७ असोज २२ बिहिबार
butwal-corona-hospital.jpg

रुपन्देही । रुपन्देहीको बुटवल उप-महानगरपालिका वडा नं. ६ निवासी ८० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित कोरोना विशेष अस्थायी अस्पतालको आईसीयूमा उपचार क्रममा उनको मृत्यु भएको हो । 

उनमा  ज्वरो,दम, मधुमेह,प्रेसर र स्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ । उपचारका क्रममा उनको बिहिबार दिउसो १२ बजे मृत्यु भएको हो ।

 उनको हिजो बुधबार  कोभिड-१९ पोजटिभ रिपोर्ट आएको थियो । उनको मृत्यु प्रति लुम्बिनी प्रादेशिक अस्पताल परिवार दुख व्यक्त गर्दै शोकाकुल परिवार प्रति  समवेदना व्यक्त गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ