arrow

च्याम्पियन्स लिग ईतिहास: रियाल मड्रिड पहिलो र रोनाल्डो सार्वाधिक गोलकर्ता

सार्वाधिक गोलकर्ता: रोनाल्डो पच्छ्याउँदै मेस्सी

logo
प्रकाशित २०७३ जेठ १६ आइतबार
champions_league_Ronaldo_me.jpg.jpeg
काठमाडौं। सन् २०१६को च्याम्पियनस् लिग उपाधि जित्दै रियाल मड्रिडले उपाधि संख्या ११ पुर्‍याएको छ। सबैभन्दा धेरै पटक उपाधि जित्ने रियाल पहिलो स्थानमा रहेको छ। रियाललाई पच्छ्याउँदै ईटालीको क्लब एसी मिलान ७ उपाधिका साथ दोस्रो स्थानमा रहेको छ। 
 
सन् १९५६ देखि शुरु भएको युईएफए च्याम्पियन्स लिग अहिलेसम्म २२ क्लबले जितिसकेका छन्। सन् १९५६ देखि सन् १९६० सम्म लगातार पाँच पटक रियाल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जितेको हो। रियालले १९६६, १९९८, २०००, २००२, २०१४ र २०१६ गरि ११ पटक उपाधि जितेको छ। त्यसैगरि १९६२, १९६४ र १९८१मा उपबिजेता रहेको छ। 
 
च्याम्पियन्स लिगको उपाधिको तालिकामा जर्मन क्लब बायर्न म्युनिख, स्पेनी बार्सिलोना र ईङलिश क्लब लिभरपुलले ५-५ पटक उपाधि जितेका छन्। बायर्न म्युनिख ५ पटक उपबिजेता रहिसकेको छ। 
 
दुई पटक उपाधि जितेको ईटालीको क्लब युभेन्टस सार्वाधिक ६ पटक उप-बिजेता रहेको छ। युभेन्टसले सन् १९८५ र १९९६मा उपाधि जितेको थियो। तयसैगरि पोर्जुगलको क्लब बेनिफिका पनि २ पटक बिजेता र ५ पटक उपबिजेता रहिसकेको छ। 
 
एथ्लेटिको मड्रिड अहिलेसम्म उपाधि नजितिकन तीन पटक उप-बिजेता रहिसकेको छ। एथ्लेटिको सन् १९७४, २०१४ र २०१६मा उपबिजेता रहेको छ। सन् १९७४मा बायर्नसँग पराजित एथ्लेटिको सन् २०१४ र २०१६मा रियाल मड्रिडसँग पराजित भएको हो। 
 
सार्वाधिक गोलकर्ता: रोनाल्डो पच्छ्याउँदै मेस्सी
रियालका क्रिष्टियानो रोनाल्डो च्याम्पियन्स लिगमा सार्वाधिक गोलकरताका रुपमा पहिलो स्थानमा रहेका छन्। उनले १२६ खेलमा ९३ गोल गरेका छन्। उनले ईङलिश क्लब म्यानचेस्टर युनाईटेड र रियाल मड्रिडबाट खेलेर उक्त गोलहरु गरेका हुन्। 
 
एक सिजनमा सार्वाधिक गोलकर्ताको रेकर्ड पनि रोनाल्डोको नाममा रहेको छ। उनले सन् २०१३-१४को सिजनमा १७ गोल गरेका थिए। जुन च्याम्पियन्स लिगको एक सिजनको रेकर्ड रहेको छ। सन् २०१५-१६मा रोनाल्डो सार्वाधिक गोलकर्ता रहेका छन्। उनले १६ गोल गरेका छन्। १६ गोल च्याम्पियन्स लिगको ईतिहासमा एक सिजनमा गरिएको दोस्रो सार्वाधीक गोल रहेको छ। 
 
क्रिष्टियानोलाई पच्छ्याउँदै दोस्रो स्थानमा बार्सिलोनाका स्टार खेलाडी लिओनल मेस्सी उनले १०६ खेलमा ८३ गोल गरेका छन्। मेस्सी एक सिजनमा १४ गोल गर्दै सन् २०११-१२को सार्वाधिक गोलकर्ता भएका थिए। 
 
क्रिस्टियानो र मेस्सी ५-५ पटक एक सिजनमा सार्वाधिक गोल गर्ने खेलाडी रहेका छन्। क्रिस्टियानोले सन् २००७-०८, २०१२-१३, २०१३-१४, २०१४-१५ र २०१५-१६मा च्याम्पियन्स लिगको एक सिजनमा सार्वाधिक गोलकर्ता रहेका थिए।
 
त्यसैगरि मेस्सी सन् २००८-०९, २००९-१०, २०१०-११, २०११-१२ र २०१४-१५मा सार्वाधिक गोलकर्ता रहिसकेका छन्। 
 
युरोपको सबैभन्दा ठूलो क्लब फुटबल उपाधिको होड जहिल्यै रोमाञ्चक हुने गरेको छ। आगामी सत्रमा प्रिमियर लिग बिजेता लेस्टरले कस्तो प्रदर्शन गर्छ त्यो सबैको चासोको बिषय रहेको छ। स्ट्राईकरको कुरा गर्दा जेरेमी भार्डीमाथि सबैको नजर हुनेछ। 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ