arrow

भारतले कैलालीको सरस्वती माध्यमिक विद्यालयको नयाँ भवन निर्माण गरि हस्तान्तरण

भारतको सहयोगमा हालसम्म नेपालका ४२३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २२ बिहिबार
school-indian-help.jpg

काठमाडौं । भारत सरकारले कैलालीको टीकापुरमा निर्माण गरेको सरस्वती माध्यमिक विद्यालयको नवनिर्मित भवनको बिहिवार उद्घाटन भएको छ । ३ करोड ३० लाख आर्थिक सहयोगमा निर्माण गरिएको भवनको काठमाडौंस्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र स्थानीय प्रतिनिधिहरुद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको भारतीय दुतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक अनुदान सहयोगमा निर्मित दुई तल्ले विद्यालयमा ११ वटा कक्षा कोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, प्रशासनिक कक्ष, सभा कक्ष र सरसफाइ सुविधा समेत उपलव्ध छ । भारत सरकार र नेपाल सरकारबीचको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि सारिएको हो । 

सुदुरपश्चिममा २३ र कैलालीमा ६ वटा गरी भारतले हालसम्म नेपालका ४२३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ । धनगढीस्थित क्षेत्रीय प्रहरी माध्यमिक विद्यालयमा बहुउद्देश्यीय हल, छात्रहरुका लागि छात्रावास तथा शिक्षकहरुका लागि आवासगृहको निर्माणका लागि अर्को परियोजना निर्माणाधीन अवस्थामा रहेको दुतावासको विज्ञप्तीमा उल्लेख छ । 

४२ बर्षअघी स्थापना भएको सरस्वती माध्यमिक विद्यालय टीकापुरमा हाल ५५० विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत भन्दा बढी छात्रा रहेका छन् । नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ । यस परियोजनाले भारत र नेपालबीचको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पुर्‍याउने अपेक्षा भारत सरकारका तर्फबाट दुतावासले गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ