arrow

बाँकेमा धमाधम तस्करीका सामाग्री समाउदै सशस्त्र प्रहरी 

logo
प्रकाशित २०७७ असोज २२ बिहिबार
banke-saman.PNG

नेपालगञ्ज । बाँकेमा सशस्त्र प्रहरीले  धमाधम तस्करीका सामाग्री समाउदै गईरहेको छ। सशस्त्र प्रहरी बाँकेले दशगजा नजिकबाट ९० हजार ४ सय रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ टंकपसेरीस्थित दशगजा नजिकबाट सशस्त्र प्रहरीले बुधबार  विहान १० बजे मोटरसाइकल पार्टस्, जुत्ता, पेन्ट, थान कपडा र खाद्यान्नका सामग्री बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायब निरिक्षक कमल विक्रम रेउलेको कमाण्डमा खटिएको ७ जनाको मोबाइल गस्ती टोलीलाई देखेर अवैधरुपमा सामान ल्याउँदै गरेका व्यक्तिहरु सामान छोडेर भोगपछि ती सामग्री बरामद गरेर ल्याइएको सशस्त्र प्रहरी निरिक्षक जीवनलाल बुढाले जानकारी दिए ।

बरामद गरिएका सामग्री आवयश्क कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ