arrow

जब दाजुको रूपमा हेर्न गौरीलाई शाहरुखले गरे प्रस्ताव

logo
प्रकाशित २०७७ असोज २२ बिहिबार
Shah-Rukh-Khan-gauri.jpg

काठमाडौं । भारतीय अभिनेता शाहरुख खानकी श्रीमती गौरी खान बिहीबार ५० बर्षकी भएकी छन्। गौरी भारतकै ठूला फेसन डिजाइनरहरूमा गनिन्छन्। बलिउडमा शाहरुख खान र गौरी खानको जोडीलाई  चर्चित जोडीमा गणना गरिन्छ। दुवै २८ बर्षदेखि सँगै छन्  । 

शाहरुख खानसँग विवाह गर्नु अघि गौरी खानको पूरा नाम गौरी छिब्बर थियो। गौरी आज एक सफल महिला हुन्। गौरी रेड चिली एंटरटेनमेन्ट का सह-मालिक हुन्। उनको पहिलो फिल्म २००४ मा  'मे हूं ना' निर्माण गरेकी थिइन्। गौरी खानले २०१२ मा एक इन्टिरियर डिजाइनरको रूपमा आफ्नो क्यारियर सुरू गरिन्।

शाहरुख र गौरीको प्रेम कहानी एक फिल्मको कथा जस्तै थियो। दुबैले एक अर्कालाई प्राप्त गर्न धेरै दुख गरेर अन्तमा पाए। दुईजना पहिलो भेट १९८४ मा एक मित्रको पार्टीको समयमा भएको थियो। शाहरुख त्यतिखेर १८ वर्षका थिए।

शाहरुखले पार्टीमा गौरी अर्को केटासँग नाच्दै गरेको देखे। शाहरुखले उनलाई मन पराए। गौरी नाच्न लजाइ रहेकी थिइन्। शाहरुख हिम्मत जुटाएर गौरीलाई नाच्न प्रस्ताव राख्छन् । तर गौरीले खासै चासो देखाउदिनन् र उनी आफ्नो प्रेमीको लागि पर्खिरहेकी बताउछिन् ।

यो सुनेर शाहरुखको सपना चकनाचूर हुन्छ । वास्तविकता गौरीको कुनै प्रेमी थिएनन्। गौरीको दाजु उनीसंग थिए त्यसैले उनले झूट बोलिन्। शाहरुखले आफ्नो एक अन्तर्वार्तामा सो कुरा बताएका थिए । जब शाहरुखलाई यो कुरा थाहा भयो, उनी गौरी भएको ठाँउमा गएर भने, 'मलाई पनि तिम्रो दाजुको रूपमा हेर।' त्यसबेलादेखि यो सुन्दर सम्बन्ध सुरु भयो। गौरीलाई पनि शाहरुखको शैली र उनको आत्मविश्वास मन पर्यो। शाहरुख गौरीका लागि धेरै सकारात्मक थिए। उनी गौरीलाई आफ्नो कपाल खुला राख्न वा केटासँग गोप्य कुरा गरेको मन पराउँदैन थिए । यी सबै कुरा देखेर, गौरीलाई सम्बन्धबाट छुट्टिनु पर्छ भन्ने लाग्यो।

एक दिन गौरीले आफ्नो जन्मदिन शाहरुख खानको घरमा मनाउँदै थिइन्, उनी साथीहरूसँग केही कुरा नगरी स्टेसन बाहिर गइन्। तब शाहरुखले महसुस गरे कि उनी गौरीबिना बाँच्न सक्दैनन्। शाहरुख आफ्नो आमासँग धेरै नजिक थिए। तब उनले यो कुरा आमालाई सुनाए । शाहरुखकी आमाले उनलाई दस हजार रूपियाँ दिएर उनलाई खोज्न भनिन् । शाहरुख त्यसपछि आफ्ना केही साथीहरूसँग शहरभरि गौरीलाई खोज्न बाहिर जान्छन् तर गौरीलाई भेट्टाउँदैनन्। लामो समयको खोजी गरेपछि शाहरुखले गौरीलाई समुन्द्र किनारामा भेट्टाए। दुवै एक अर्काको आँखामा हराए र अँगालोमा बाधिएर धेरै समय रोए। तब दुबैले बिहे गर्ने निर्णय गरे तर वास्तविक नाटक अब शुरू हुन लागेको थियो।

उनिहरुको धर्म दुई बीचको विवाहको  सबै भन्दा ठूलो खलनायक थियो । शाहरुख मुस्लिम र गौरी एक हिन्दू ब्राह्मण परिवारकी थिइन्। गौरीका बुबा शुद्ध शाकाहारी थिए। गौरीका बाबुआमाले यस विवाहको लागि कहिले पनि तयार थिएनन्। तब शाहरुखले आफु हिन्दु भएको बताएका थिए।  यस बाहेक, शाहरुख त्यतिबेला फिल्महरूको लागि सङ्घर्ष गर्दै थिए। शाहरुख र गौरी आफ्नो प्रेम विवाहलाई रूपान्तरण गर्न तयार थिए, तर उनको परिवारले धर्म छुट्टिएर कडा आपत्ति जनाए।

गौरीको परिवारलाई मनाउन शाहरुखले धेरै दुख गरे र अन्ततः उनीहरूलाई मनाउन सफल भए। त्यसपछि २६ अगस्ट १९९१ मा शाहरुख र गौरीले अदालतमा बिहे गरे। पछि दुवैले मुस्लिम परम्परा अनुसार निगाहा गरे जसमा गौरीको नाम आयशा थियो। यस पछि दुबैको हिन्दू रितिरिवाज अनुसार २५ अक्टोबर १९९१ मा विवाह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ