arrow

स्याङ्जामा किन आकर्षण बढ्यो कांग्रेसमा, दैनिक सयौं प्रवेश

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७७ असोज २२ बिहिबार
syangja-congress1.jpg

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका वडा न ११ साबिक तुलसिभन्ज्याङ  गाबिसका १ सय ५१ जना युवा एक कार्यक्रमका बिच नेपाली कांग्रेसमा प्रबेश गरेका छन । स्थानीय सरकार देखि प्रदेश र संघिय सरकारको नेतृत्व गरेको नेकपाले चरम भ्रष्टाचार गरेको भन्दै नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नेकपा सरकारको निरंकुश रबैया विरुद्ध एक सय एकाउन्न नेकपा कार्यकर्ताले पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।

जनताको पार्टी नेपाली कांग्रेस भएको र यो देशको समृद्धिको लागि नेपाली कांग्रेसनै अपरिहार्यता रहेको हुदा आफुहरु कांग्रेस प्रवेश गरेको  मन्तब्य राख्दै नबप्रबेशी कृष्ण भट्टराईले बताए । साथै गलत गर्ने  नेताले गलत काम गरे भने त्यसलाई गलत समेत भन्न नपाइने पार्टीको आन्तरिक नीतिले लोकतन्त्रलाई समेत गिज्याइ रहेको उनले बताए । उनीहरुले बोल्ने स्वतन्त्रता समेत नभएको पार्टीमा बसेर देशको कुनै परिवर्तन नहुने भन्दै नेपाली कांग्रेसमा प्रवेश गरेको बताएका छन ।

 भाषण राम्रै गरेअनुसार परिवर्तन पनि नेकपाले गर्ला भनेर नेकपाको समर्थन गरिए पनि बुझ्दै जाँदा बोल्ने अधिकार समेत नभएको पार्टीमा आएकोमा पछुतो लागेको उनीहरुले बताए । उनीहरुलाइ नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि गुरुप्रसाद भट्टराई,कांग्रेस नेता लालगोपाल अर्याल, छवि गाहा,राजेन्द्र भट्टराई,डोलराज खनालको पहलमा पार्टी प्रबेश गराइएको स्थानिय नेता सुदिप गाहाले बताएका छन ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला कार्यबाहक सभापति बुद्धि बहादुर रानाले नेकपा एमाले र माओवादीले नाम फेरेर नेकपाको नामबाट राज्यको ब्रह्मलुट गरेको आरोप लगाए । उनले नेकपाको ब्रम्हलुट बिरुद्ध सबै आ-आफ्नो स्थानबाट जागरुक हुनुपर्ने बेला आएको बताए ।

 कार्यक्रममा  प्रदेश सभा सदस्य भागवत प्रकाश मल्ल, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि गुरुप्रसाद भट्टराई, गल्याङ नगर सभापती श्यामप्रसाद बस्याल, नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डे, पुर्व जिबिस उपसभापति लालगोपाल अर्याल , स्थानिय तरुण नेता छवि गाहा लगाएयतले युवाहरुलाइ स्वागत गर्दै आफुहरुले जस्तो सुकै परिस्थितिमा पनि प्रबेशिहरु सङ्ग रहने बताए । 

नेकपाको नेतृत्वको स्थानीय सरकार रहेको गल्याङ नगरपालिकामा नेपाली कांग्रेस प्रबेश गर्नेहरु वडा न ११ का हुन जुन मेयर भुपराज अधिकारीको वडा समेत रहेको छ । नेपाली कांग्रेस वडा सचीव बिष्णु अधिकारीको स्वागत र उपसभापति नारायण ज्ञवालीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन सचिव राजेन्द्र भट्टराईले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ