arrow

फेसबुक र वर्ल्डलिंकको सहकार्यमा निशुल्क फेसबुक एक्सप्रेस वाईफाई, ७५ सय स्थानमा सेवा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २२ बिहिबार
worldlink1.jpg

काठमाडौं । फेसबुकसँगको सहकार्यमा फेसबुक कनेक्टिभिटीले नेपालमा एक्सप्रेस वाईफाई सेवा बिहिवारबाट औपचारिक रुपमा घोषणा गरेको छ । बिहीबार एक भर्चुअल पत्रकार सम्मेलनमार्फत वर्ल्डलिंकले फेसबुकसँग आधिकारीक रुपमा सहकार्य गरेर एक्सप्रेस वाईफाई सेवा सञ्चालन थालेको जानकारी गराएको हो ।

अब, मोबाइल डाटा बीना नै जुनसुकै ठाउँमा पनि फेसबुकको एक्सप्रेस वाईफाईका माध्यमबाट सजिलै इन्टरनेट चलाउन सकिनेछ । फेसबुक एक्सप्रेस वाईफाई एक प्लेटफर्म हो जुन मोबाइल एप र वेबसाइटका रुपमा उपलब्ध हुन्छ । यसलाई प्रयोग गर्नका लागि तपाइले फेसबुक एक्सप्रेस वाईफाई एप मोबाइलमा डाउनलोड गर्नुपर्छ । एप मोबाइलमा डाउनलोड गरिसकेपछि आफ्नो मोबाइल नम्बर प्रयोग गरेर ओटीपी कोडको माध्यमले लगइन गर्नुपर्छ । त्यसपछि, एपले तपाइ भएको ठाउँ नजिक रहेका वाइफाइ हटस्पटबाट तपाइको मोबाइलमा इन्टरनेट कनेक्ट गराउँछ । 

पत्रकार सम्मेलनमा अध्यक्ष दिलिप अग्रवालले यो सहकार्यले अझ पहुँचमा नभएका मानिसहरुलाई इन्टरनेट पहुँचमा ल्याउने विश्वास व्यक्त गरे । उनले भने, ‘हामीलाई सरकारले स्पेक्ट्रम दिएको छैन र नदिँदा समस्या भएको छ, तर पनि फेसबुकसँगको सहकार्यमा पब्लिक वाईफाई व्यवस्थापन गर्न सहयोग हुनेछ,’

आगामी दिनमा इन्टरनेट सेवा प्रदायकहरुलाई समेत सरकारले स्पेक्ट्रम दिएर सहयोग गर्नुपर्ने बताउँदै सरकारले मोबाइल स्पेक्ट्रममार्फत डाटा र इन्टरनेट दिने कुनै कानून आएमा प्रयोगकर्तालाई अझै सहज उनको तर्क थियो ।

एक प्रश्नको उत्तर दिदैं अध्यक्ष अग्रवालले भने, यूजर्ससँग रकम लिने छेनौं, यसमा विज्ञापनमार्फत आगामी दिनमा मनिटाईज गरिने छ ।

अग्रवालका अनुसार, एक्सप्रेस वाईफाई प्लेटफर्मले वर्ल्डलिंकको सार्वजनिक वाइफाइ सेवा सुधार गरेर, दुरुस्त, भरपर्दाे र किफायती इन्टर्नेट सेवाको साथै सबैका लागि, सबै ठाउँमा, सधैं जोडिने हाम्रो दृष्टिकोणमा उच्च योगदान गर्ने विश्वास व्यक्त गरे ।

यस सहकार्यले देश भरीका अल्पसंख्यक, विपन्न वर्गलाई पनि इन्टरनेट सेवाको पहुँच नजिक पुरयाउने आशा व्यक्त गरे ।

पत्रकार सम्मेलनमा सहभागि भएका फेसबुकका तर्फबाट मोबाइल पार्टनरशिपका निर्देशक करण खाराले भने, “रोजगार, शिक्षा, स्वास्थ्यसेवा र थप पहुँच सुनिश्चित गर्न उच्च गुणस्तरीय इन्टरनेट पहुँच अत्यावश्यक तत्व हो । एक्सप्रेस वाईफाई प्लेटफर्मको साथ, वर्ल्डलिंक नेपालमा आफ्नो वाइफाइ कभरेजलाई दिगो रुपमा विस्तार गर्न सक्षम छ । धेरै व्यक्तिलाई अनलाइनका लागि सक्षम पार्ने हाम्रो विश्वास छ । हामी वर्ल्डलिंकसँग निरन्तर साझेदारीको लागि तत्पर छौं ।

हाल नेपालमा वर्ल्डलिंकसँग मात्रै फेसबुकको सहकार्य भएका कारण वर्ल्डलिंकको वाईफाई मात्रै मोबाइलमा कनेक्ट हुनेछ । फेसबुकले भविष्यमा दुरसञ्चार सेवा प्रदायक अन्य कम्पनीहरुसँग समेत सम्झौता गरेर यसलाई अझै विस्तार गर्ने लक्ष्य राखेको फेसबुकका ग्रोथ म्यानेजर अमित सिंहले बताएका छन् ।

यो नयाँ व्यवस्थापछि तपाइले मोबाइल डाटाको प्रयोग नगरेरै, घरबाहिर हुँदा समेत वाईफाई प्रयोग गर्न सक्नुहुनेछ । हाल यो सेवा विश्वका करिब १२ वटा मुलुकमा फेसबुकले सञ्चालनमा ल्याएको छ । भारत र नेपालमा पछिल्लो समय यो सेवाको माग बढ्दै गएको फेसबुकले जनाएको छ ।

नेपालमा हाल करिब ७ हजार भन्दा बढी स्थानमा वर्ल्डलिंकले यस्तो सेवा दिइसकेको छ । आउँदो १० वर्षसम्ममा यो सेवा ३० हजार भन्दा बढी ठाउँमा विस्तार गर्ने लक्ष्य रहेको वर्ल्डलिंकका सीईओ दिलिप अग्रवालले बताएका छन् ।

फेसबुकले विश्वका निकै विकट ठाउँमा इन्टरनेट पुग्न नसकेको अवस्थालाई मध्यनजर गर्दै सन् २०१५ मा एक्सप्रेस वाईफाई सेवा सञ्चालनमा ल्याएको थियो । एक्सप्रेस वाईफाईमा कुनै पनि प्रयोगकर्ताले १५ मिनेटदेखि करिब २ घण्टामा सम्म दैनिक १ जीबी डेटा निशुल्क प्रयोग गर्नसक्नेछन् । यो सेवाका लागि एकपटक लगइन गरिसकेपछि फेरि फेरि गलइन गर्न पर्ने छैन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ