arrow

चन्द्रमा मिथुन राशिमा भएको यस्तो हुनेछ शुक्रबारको दिन

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ असोज २३ शुक्रबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ आश्विन २३ गते शुक्रबार, इस्वीसंवत अक्टुबर ९ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार अधिक आश्विनकृष्ण पक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज अधिक आश्विनकृष्णको अष्टमी तिथि रहनेछ । आज आद्रा नक्षत्र, विष्कुम्भादि योगमा परिध, करणमा बालब आनन्दादि योगमा पद्य रहनेछ । सूर्य कन्या राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान २९ घटि ५ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर १ मिनेटमा विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर ३८ मिनेटमा हुनेछ । 

आजको राशिफल
मेषः
समय शुभ रहनेछ । विशेष अवसर पाइनेछ र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । पछिसम्म फाइदा हुने काम हातलागी हुनेछ । श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । दिगो योजना प्रारम्भ गर्ने समय छ । श्रमको उचित मूल्य प्राप्त हुनेछ । सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ । प्रतीक्षा गरिएको काम बन्नेछ भने उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ ।

मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार गणेश भगवानको पूजा र सूर्य देवको आराधना गरी लक्ष्मीनारायणलाई गुलियो खिर अर्पण गरेमा राम्रो हुनेछ भने कामहरू समयमा नै सम्पन्न हुनेछन् । मेष राशिवालाले कर्कट, सिंह, वृश्चिक, धनु र मीन राशिवाला व्यक्तिसँग व्यवसाय गर्दा लाभ होला । मेष राशिका व्यक्तिलाई मंगलबार शुभ र आइतबार अशुभ हुन्छ ।

वृषः समय अत्यन्तै खराब छ । विवादास्पद काममा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । अवसरवादीहरूबाट सजग रहनुहोला । आफ्नै कमजोरीले चिन्ता बढाउन सक्छ । परिस्थिति अलि संघर्षपूर्ण रहला । बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ नदिन सक्नेछन् । सतर्क हुन आवश्यक छ ।

वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानसिक शान्ति मिल्नेछ । साथै हरेक दिन गाईलाई रोटी र परेवालाई चारो दिनुहोस् र प्रत्येक बिहान भगवान शिवको दर्शन गरी शुक्रवार शिवलिंगमा साबुदाना अर्पण गर्दा निकै राम्रो हुनेछ । यस राशिका व्यक्तिलाई शुक्रबार शुभ, शनिबार अशुभ हुन्छ ।

मिथुनः समय राम्रो छ । समयले राम्रै अवसर दिलाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर र सफलताले पछ्याउनेछन् । टाढिएका शुभचिन्तकहरू नजिकिनाले प्रशन्नता मिल्नेछ । धार्मिक र सेवामूलक काममा सहभागी भइनेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ । समय सही सदुपयोग गर्नुहोला ।
 
मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । मिथुन राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन र पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ भने प्रत्येक दिन बिहानै देवी लक्ष्मी वा दुर्गाको दर्शन गरी गणेशलाई रातो फूल अर्पण गर्दा तपाइँको मनोकांक्षा पूर्ण हुनेछ । मिथुन राशिका लागि बुधबार शुभ र सोमबार अशुभ हुन्छ ।

कर्कटः समय खराव रहनेछ । आज व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । तनावमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ । समयमा गम्भीर नबन्दा व्यर्थैमा दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनुहोला । कामको चाप पनि बढ्ने देखिन्छ ।

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले सोमवार शिवालयमा विशेष पूजा गरेर  सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । यस्तै हरेक बिहान भगवान कृष्णको दर्शन गरी तुलसी, मिश्री र मख्खनको भोग लगाएमा राम्रो हुनेछ । कर्कट राशिका लागि सोमबार शुभ र बुधबार अशुभ हुने गर्दछ । 

सिंहः समय शुभ छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि मिहिनेत गर्दा प्रशस्त धन आर्जन हुने समय छ ।
सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, शनिबार विष्णुको पूजा गरेर पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । हरेक दिन बिहान सूर्यनारायणको दर्शन गरी रातो गुलाफ हनुमानजीको चरणमा अर्पण गर्दा तपाइँको स्वास्थ्य राम्रो हुनेछ । सिंह राशि भएका व्यक्तिका लागि आइतबार शुभ र शनिबार घात हुन्छ ।
कन्याः समय मध्यम खालको छ । वचन पुर्याउन नसक्दा अरूले आलोचना गर्न सक्छन् । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । अर्थ अभावले काम रोकिने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ । आक्षेप लगाउनेहरूले दुख देलान् । मानसम्मानमा आघात पुग्न सक्छ । तापनि, शुभचिन्तकहरूको माध्यमबाट स्थितिमा सुधार आउनेछ ।

कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएका व्यक्तिहरूले हरियो कपडा लगाउने र गणेश भगवानको पूजा गर्नु लाभदायक हुन्छ । साथै हरेक दिन बिहान भगवान गणेशको दर्शन गरी देवी दुर्गालाई सेतो चामल अर्पण गर्नुहोस् । कन्या राशिका लागि बुधबार शुभ र शनिबार घात हुने गर्दछ ।

तुलाः स्वास्थ्य राम्रो छैन । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । अरूका काममा धेरै समय खर्चनुपर्ला । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । बाध्यताले अल्मल्याउन सक्छ । पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ ।

तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामी राशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । यस्तै मंगलवार गणेशजी र शुक्रवार लक्ष्मी देवीको पूजा गर्नाले लाभ मिल्नेछ । यस्तै भगवान लक्ष्मीनारायणलाई कमलको फूल अर्पण गरी हनुमानलाई लड्ड् चढाउनु भएमा तपाइँले आँटे ताकेका कामहरु पूर्ण हुनेछ । तुला राशिका लागि शुक्रबार शुभ र बिहीबार अशुभ हुनेछ ।

वृश्चिकः आज पनि परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा दौडधूप गर्नुपर्ला । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ला । टाढाको यात्रा गर्ने अवसर भने प्राप्त हुन सक्ने देखिछ ।
  
वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ । यस्तै भगवान विष्णु मन्दिरमा तुलसी रोप्नुहोस् र व्यापारी महानुभावहरुले यात्रा पूर्व श्रीराम स्तुति पाठ गर्दा राम्रो हुनेछ । वृश्चिक राशिका लागि मंगलबार शुभ र शुक्रबार अशुभ हुनेछ । 

धनुः आज समय राम्रै रहनेछ । नोकरीमा प्रतिस्पर्धीहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । विवादित निर्णयहरु तपाईकै पक्षमा आउँने हुनाले मन प्रशन्न हुनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा आउँने हुँदा घर परिवार तथा खुशी हुँनेछन् । व्यापार व्यावसायमा लगानी गरि मनग्गे आम्दानी हुने योग रहेको ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।

धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । यो राशि भएका व्यक्तिले पहेंलो रंगको कपडा लगाउँदा सफलता समल्नेछ । आफ्ना गुरुलाई सम्मान र गुरुमन्त्रको जप गर्ने बानी बसाल्दा राम्रो हुनेछ । यस्तै हरेक दिन हनुमानजीको दर्शन गरी पिपलमा जल र मिठाई अर्पण गरेर केशरीको टिका लगाउँदा तपाइँको परिवारमा शान्ति छाउनेछ । धनु राशिका लागि बिहीबार शुभ र शुक्रबार अशुभ हुनेछ । 

मकरः आज पनि स्वास्थ्य राम्रो रहनेछ । न्यायिक निर्णय तथा कानुनी फैसलाहरु तपाईकै पक्षमा आउँनेछन् । पढाई लेखाईमा मन जाने हुँनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुँनाले थोरै लगानीबाट मनग्य आम्दानी गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेम झन् कसिलो भएर जानेछ ।

मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा राम्रो हुनेछ । यस्तै हरेक बिहान देवी गायत्रीको दर्शन गरी महत्वपूर्ण काममा जानुपूर्व सेतो फूल साथमै लादा राम्रो हुनेछ । मकर राशिका लागि शनिबार शुभ र मंगलबार अशुभ हुनेछ । 

कुम्भः समय खराब नै रहनेछ । समय अनुकुल नहुँनाले आमा तथा परिवारका सदस्यहरु तपाईदेखि टाढिन सक्छन्, ध्यान दिनुहोला । विद्यार्थीहरुले पढाई लेखाईमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउन गाह्रो पर्नेछ । राजनीति तथा समाज सेवामा अलि बढि गम्भिरता अपनाउँनुहोला, किनकि आलोचना गर्नेहरु सक्रिय रहनेछन् । सतर्क हुनुहोला ।

कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवको पूजा गर्ने, भोका व्यक्तिलाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ । यस्तै केराको बोटमुनी दियो बाली महत्वपूर्ण काम पूर्व हनुमानलाई मीठा पान अर्पण गर्दा तपाइँले गर्न खोजेका कामहरु पूर्ण हुनेछ । कुम्भ राशिका लागि शनिबार शुभ र बिहीबार अशुभ हुनेछ ।

मीनः आज समय खराब रहनेछन् । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, नराम्रा घट्ना घट्न सक्छ । प्राकृतिक स्रोत तथा सरकारि धनको सहि परिचालन गर्न नसक्दा आम्दानिका बाटाहरु साघुरा हुँनेछन् । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रनेछ भने मनोबल कमजोर हुँने हुँदा अरु प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । प्रेममा एक अर्का बिच बैमनस्यता बढेर जाने योग रहेकोछ भने जीवन साथीसँग अविश्वास बढेर जानेछ ।

 मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपीडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । यस्तै विष्णुलाई केसरीको टिका अर्पण गरेर र आफू पनि लगाउनुहोस् र लक्ष्मीलाई गुलियो प्रसाद अर्पण गर्नुहोस् यसले तपाइँको मनोकामना पूर्ण हुनेछ । मीन राशिका लागि बिहीबार शुभ र शुक्रबार अशुभ हुनेछ । 

साइतः चन्द्रमा मिथुन राशिमा छन् त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज शुक्रबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।
 
आजको शुभ लाभादि बेला 

बिहान ६ः०० बजेदेखि         ७ः३० बजेसम्म        चर बेला
बिहान ७ः३० बजेदेखि         ९ः०० बजेसम्म        लाभ बेला
बिहान ९ः०० बजेदेखि         १०ः३० बजेसम्म        अमृत बेला
बिहान १०ः३० बजेदेखि        १२ः०० बजेसम्म        काल बेला
बिहान १२ः०० बजेदेखि        १ः३० बजेसम्म        शुभ बेला
दिनमा १ः३० बजेदेखि         ३ः०० बजेसम्म        रोग बेला
दिउँसो ३ः०० बजेदेखि          ४ः३० बजेसम्म        उद्धेग बेला
दिउँसो ४ः३० बजेदेखि          ६ः०० बजेसम्म        चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोट  यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ