arrow

आइपीएल क्रिकेट: तेस्रो फाइनलमा पहिलो उपाधि खोज्दै बेंग्लोर

आठ पटक आमने-सामने भएका दुई टोलीको ४-४ खेलमा जित

logo
प्रकाशित २०७३ जेठ १६ आइतबार
Kohli_Warner.jpeg.jpeg
काठमाडौं। इन्डियन  प्रिमियर लिग क्रिकेट (आईपीएल) प्रतियोगिताको फाइनल खेल रोयल च्यालेन्जर्स बेंग्लोर र सनराइजर्स हैदरावादबीच बेंग्लोरको घरेलु मैदान चिन्न स्वामी स्टेडियमा हुँदैछ । 
 
बेंग्लोर वा हैदरावाद जस्ले जिते पनि आइपीएलले नयाँ बिजेता पाउने छ । यसअघि दुवै टोलीले आइपीएलकाे उपाधि जितेका छैनन् । सन् २००८ देखि प्रियोगितामा रहेको बेंग्लोर र सन् २०१३ देखि आइपीएल खेल्न थालेको हैदरावादले यो उपाधि हात पारेका छैनन् । 
 
बेंग्लोर सन् २००९ र २०११मा उप विजेता रहिसकेको छ। तेस्रो पटक फाइनल पुगेको बेंगलोर यो मौका खेर नफाल्ने मनस्थितीमा रहेको छ । उसले स्थानीय संचार माध्यमलाई दिएका प्रतिक्रियाले मनस्थिती स्पष्ट पारेको छ । 
 
आइपीएलको ईतिहासमा ८ पटक आमने सामने भएका दुई टोलीले ४-४ खेल जितेका छन्। यो सिजनकाे आइपीएलमा भएका २ खेलमा १-१ खेल दुवै टोलीले जितेका छन्। यो तथ्यांकले समेत प्रष्ट हुन्छ की राम्रो खेल खेल्ने टोलीले जित्ने छ। फाइनलको प्रेशरलाई जुन टोलीले राम्ररी सम्हाल्न सक्छ साेही टाेली विजयी हुने निश्चित छ । 
 
क्रिकेट समूहमा खेलिने खेल भएकाले समेत व्यक्तिग प्रदर्शनले अर्थ  राखे पनि सामूहिक प्रयत्न निर्णायक हुने छ । सामूहिक रुपमा एक ढिक्का भएर जुन टोलीले विपक्षीको सामना गर्ने छ जित उसैको हुनेछ । 
 
ब्याटिङमा कोहली र वार्नर
बिराट कोहली, एबी डिविलियर्स, क्रिस गेल र शेन वाट्सन जस्ता बिस्फोटक ब्याट्सम्यान रहेको बेंग्लोर यस अघि २ पटक उप बिजेता बनिसकेकाे छ । डेविड वार्नर, मुस्तफिजुर रहमान, भुवनेश्वर कुमार र युवराज सिंह जस्ता खेलाडी रहेको हैदरावादले सन् २०१३ मा चौथो स्थान प्राप्त गरेको थियो । वार्नर सर्वाधिक रन बनाउने खेलाडीमा दोस्रो स्थानमा छन् । 
 
बेंग्लोरका विराट कोहली सर्वाधिक रन बनाउनेमा पहिलो स्थानमा छन् । उनले यो सत्रको प्रतियोगितामा १५ खेलमा ८३.५४ को औषतले ९१९ रन बनाएका छन् । १५ खेलमा कोहलीले ४ शतक र ६ अर्धशतक बनाएका छन् । यो प्रतियोगितामा कोहलीको स्ट्राइक रेट १५१.९० रहेको छ । 
 
सर्वाधिक रन बनाउने क्रममा दोस्रो स्थानमा रहेका हैदरावादका डेविड वार्नरले १६ खेलमा ५९.९२ को औषतले ७७९ रन बनाएका छन् । उनले ८ अर्ध-शतक प्रहार गरेका छन् । वार्नरले उक्त रन १४९.२३को स्ट्राइक रेटमा बनाएका हुन् । सर्वाधिक रन बनाउनेमा तेस्रो स्थानमा बेंग्लोरका एबी डिविलियर्स रहेका छन् । उनले १५ खेलमा ५६.८३को औषतले १७०.७१को स्ट्राइक रेटमा ६८२ रन बनाएका छन् । १५ खेलमा  उनले १ शतक र ६ अर्धसतक बनाएका छन्। 
 
बलिङमा भुवनेश्वर र शेन वाट्सन
बलिङ तर्फ सर्वाधिक विकेट लिनेमा हैदरावादका भुवनेश्वर कुमार रहेका छन् । उनले १६ खेलमा २३ विकेट लिएका छन् भने दोस्रो र तेस्रो स्थानमा बैंग्लोरका शेन वाट्सन र युजवेन्द्र चहल रहेका छन् । दुवैले २०-२० विकेट हात पारेका छन् ।
 
दुवै टोलीमा बलरहरु उत्कृष्ठ फर्ममा रहेका छन् । फाइनलको प्रेशरलाई बलरहरुले कसरी सम्हाल्ने छन् त्यो राेचक हुनेछ ।  हैदरावादका स्टार बलर मुस्तफिजुर रहमान ह्यामस्ट्रिङको समस्याले दोस्रो क्वालिफायरमा खेल्न सकेका थिएनन्। उनले अाफ्नाे स्थानमा  ट्रेण्ट बोल्ट खेलेका थिए । रहमान फाइनलकालागि फिट भएनन् भने बोल्टले नै खेल्ने निश्चित छ । 
 
ब्याटिङमा बलियो देखिएको बेंग्लोरले हैदरावादका बलरहरुको सामना कसरी गर्ने छ भन्ने उत्सुकता  रहने छ। दुई पटक फाइनलमा पराजित भइसकेको बेंग्लोरलाई जित्नै पर्ने प्रेशर रहने छ भने हैदरावादले बैंग्लोरको त्यो मनस्थितीको फाइदा उठाउने प्रयास गर्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ