साताको अन्तिम दिन सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो?

हाम्राकुरा संवाददाता, प्रकाशित मिति : २०७७ असोज २३ शुक्रबार

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेकाे छ । सुनकाे मूल्य ९ सय  रुपैयाँका दरले मूल्य बढ्दै छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । यसअघि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँका दरले कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँका दरले कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । यसअघि बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ रहेको थियो ।

शुक्रबार चाँदीको मूल्य १५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । बिहीबार प्रतितोला ११ सय ८० रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य शुक्रबार ११ सय ९५ रुपैयाँका दरले कारोबार भइरहेको महासंघले जनाएको छ ।

नयाँ