arrow

नवाज शरिफको मुटुको सफल शल्यक्रियाका लागि मोदीले दिए शुभकामना

logo
प्रकाशित २०७३ जेठ १६ आइतबार
modi-nawaz_story_647_052816113303.jpg.jpeg
नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफको यही मे ३१ मा हुने ओपन हार्ट सर्जरीको सफलताका लागि शुभकामना दिएका छन्  । 
 
शनिबार ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानी प्रधानमन्त्री शरिफ बेलायत मुटुको उपचारको सफलता एवम् शीघ्र स्वास्थ्य लाभको शुभकामना दिएका हुन् । पाकिस्तानी रक्षामन्त्री ख्वाजा असिफले शुक्रबार प्रधानमन्त्री शरिफको आगामी मङ्गलबार बेलायतमा ओपन हार्ट सर्जरी गरिन लागेको बताएका थिए । 
 
उनलाई मुटुको शल्यक्रियाका लागि बेलायत जान पाकिस्तानी डाक्टरले सल्लाह दिएका थिए । उपचारपछि प्रधानमन्त्री शरिफ करिब एक साटा बेलायती अस्पतालमा रहने छन् । 
 
पाकिस्तानी प्रधानमन्त्री शरिफकी छोरी मरियम नवाजले आफ्ना पिताको ओपन हार्ट सर्जरी बेलायतमा हुने पुष्टि गरेकी हुन् । पीटीआई 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ