arrow

कोभिडले भन्दा दुर्घटनाले मारेपछि आन्दोलनमा

logo
प्रकाशित २०७७ असोज २३ शुक्रबार
andolan-jajarkot-sadak.jpg

जाजरकोट । अहिले जताततै कोभिड १९ को महामारीले सताएको छ । त्यो प्रकोप त भइ नै हाल्यो त्यो भन्दा पनि पीडादायी बन्छ बिना गल्ती नै यात्रा गरिरहेका यात्रुहरु दुर्घटनामा परी मारिँदा । 

त्यस्तै भएको छ जाजरकोटमा । जाजरकोट सदरमुकामबाट जुनिचाँदे गाउँपालिका– १ औलमा बुधबार बेलुकी दुर्घटना भई सात जनाको मृत्यु भएको थियो । उक्त घटनापछि दुर्घटनास्थलमा मृतकका आफन्तसहित सर्वसाधारण सडकको स्तरोन्नति, चालकलाई कारबाही लगायतका माग राखेर आन्दोलनमा उत्रिएका छन् । 

उनीहरु लापरबाहीका कारण आफ्ना आफन्त मारिएको पीडा सुनाउँदै कोभिडको चिन्ता भन्दा यो चिन्ताले सताएको बताइरहेका छन् । तस्वीर आफै बोल्छ । तस्वीर–रासस । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ