arrow

जया बच्चनले चढाइन् सुनका गहना, यसरी बाँचे अमिताभ

अमिताभको दोस्रो जन्म

logo
प्रकाशित २०७७ असोज २३ शुक्रबार
Amitabh-fan-1.jpg

काठमाडौं । बलिउडका अभिनेता अमिताभ बच्चनलाई भारतीय सिनेमामा शहंशाह, मेगास्टार र महनायकको रूपमा पनि चिनिन्छन्। अमिताभ बच्चनले बलिउडमा धेरै ठूला उपलब्धिहरू हासिल गरेका छन जुन केही शब्दहरूमा वर्णन गर्न सकिदैन ।

 उनको जन्मदिन ११ अक्टुबर हो। १९४२ मा जन्मिएका अमिताभ बच्चनले फिल्म 'सात हिंदुस्तानी' बाट बलिउड डेब्यू गरे।  तर एक सुटिङका क्रममा अमितभा मरणासन्न भएका थिए ।  सन् १९८२ मा अमिताभ बच्चन सुटिङ्गको क्रममा भएको दुर्घटनापछि घर फर्किए सो समय जया बच्चन गणपतिको ढोकामा पुगेकी थिइन् ।

चलचित्र कुल्लीको क्रममा भएकको दर्घटनापछि जब अमिताभ बच्चन सहि सलामत घर फर्किए तब जया बच्चन महाराष्ट्रको सबैभन्दा लोकप्रिय मन्दिर डाग्दुशेठ हलवाई गणपति मन्दिर पुगेकी थिइन् । जया बच्चनले भगवानलाई धन्यवाद दिदै सुनका गहनाहरू चढाएकी थिइन् । यस दुर्घटनापछि अमिताभ बच्चन आफैं पनि यसलाई दोस्रो जन्म मान्ने गरेका छन् । साथै प्रत्येक बर्ष  गणेश भगवानको मूर्ति स्थापना गरि पुजा गर्ने गरेका छन् ।

सन् १९८२ मा कुल्लीको सुटिङ्गको बेला फिल्मको सेटमा अमिताभसँग एउटा घटना घटेको थियो जसले उनको ज्यान झन्डै गुमेको थियो । बंगलोरमा फिल्मको सुटिङ्ग भइरहेको थियो। सेटमा फाइट सिनको बेला खलनायकको दमदार मुक्का अमिताभको पेटमा लाग्यो र उनि स्टिलको टेबलमा बजारिए । यसबाट उनको पेटमा गहिरो चोट लागेको थियो ।

यस घटनापछि, अमिताभको अपरेसन करीव ७२ घण्टासम्म पनि गरिएको थिएन, जसको कारण उनीको समस्या अझ बढ्यो। जब अमिताभलाई अस्पतालमा भर्ना गरियो, तब उनी जीवन र मृत्युसँग संघर्ष गरिरहेका थिए । अमिताभले अस्पतालमा लगभग २ महिना बिताउनुपरेको थियो। संसारभरका प्रशंसकहरूले धार्मिक स्थालहरूमा पुगेर उनको लागि प्रार्थना गरेका थिए ।

अमिताभ बच्चन स्वस्थ भएर  घर फर्किदा दर्शकहरु सडकमा थिए । तब अमिताभले महसुस गरे कि मानिसहरूले उनलाई कति माया गर्छन् भनेर। मुम्बईका सडकहरू उनका पोस्टरहरूले भरिएको थियो । उनका लागि मानिसहरूले पूजा हवन समेत गराएका थिए।  मानिसहरूको भीड उनको घरमा उनलाई पर्खिरहेका थिए। घर पुगेपछि उनले हात हल्लाएर आफ्ना शुभचिन्तकहरूलाई धन्यवाद दिएका थिए । यो वास्तविक दृश्यलाई नै  कुल्ली फिल्मको अन्तिम दृश्यको रूपमा राखिएको थियो।

सोहि क्रमम आज पनि चल्दै आएको छ । अमिताभ बच्चन प्रत्येक आइतबार आफ्नो घर बाहिर फ्यानहरुसँग भेट्ने गर्छन् । उनका फ्यान उनको एक झलक पाउन बिहानै बाहिर जम्मा हुने गर्छन् । तर विश्वभर कोरोनाको महामारीका कारण ६ महिनाबाट यो क्रमम रोकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ