arrow

सांसदलाई घिसारेर निकाल भन्ने कानूनमन्त्री र लुम्बिनीका सभामुखलाई संक्रमण

गरिएला त २९ औं वैठकका सहभागीहरुमा परिक्षण

logo
नारायण वली,
प्रकाशित २०७७ असोज २३ शुक्रबार
kanunmantri-sabhamukh.PNG

रुपन्देही । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुल प्रसाद केसीलाई शुक्रवार (आज) कोरोना संक्रमण पुष्टि भएको छ । कानूनमन्त्री केसी तिनै हुन् जसले राजधानी दाङलाई वनाउने प्रस्तावको विरोध गर्ने सांसदहरुलाई ‘घिसारेर निकाल’ भन्दै मर्यादापालकरुहलाई आदेश दिएका थिए ।

यस्तै सभामुख पूर्ण बहादुर घर्तीलाई पनि कोरोना संक्रमण भएको छ । शुक्रबार (आज) बिहान लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा इमरजेन्सी एक्सपर्ट टेस्टबाट गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो । 

रुघाखोकी लागेर स्वास्थ्यमा समस्या देखिएपछि पिसिआर परिक्षण गर्न गएका सभामुख घर्तीलाई कोरोना संक्रमण देखिएको हो । सभामुख घर्ती अहिले होम आईसोलेसनमा रहेका छन् ।

 गत मंगलबार प्रदेश सभा बैठकमा सहभागी भएका सभामुख घर्ती र कानुनमन्त्री केसीलाई कोरोना संक्रमण देखिएपछि अन्य सहभागी सांसद्हरुमा पनि संक्रमणको आशंका गरिएको छ । तर उनीहरुको परिक्षणको दायरालाई अझै सम्म स्वाव संकलन भने गरिएको छैन् ।

गत शुक्रबार बसेको प्रदेश सभाको छैठौं अधिवेशन तथा २९ औं बैठकमा प्रदेशको स्थायी राजधानी छलफलमा  सहभागी मुख्यमन्त्री शंकर पोखरेल लगायत सरकारका मन्त्रीहरु, सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरु समेत बैठकमा सहभागी भएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ