arrow

एक समय बलिउडमा राज गर्थ्यो यो जोडी, आज एकअर्कासँग डराउँछन् रेखा र अमिताभ

logo
प्रकाशित २०७७ असोज २३ शुक्रबार
rekha-amitab.png

काठमाडौं ।  बलिउडकी चर्चित अभिनेत्री रेखाको १० अक्टूबर १९५४ मा जन्म भएको हो । शनिबार रेखा ६६ औँ जन्मदिन मनाउदै छिन् । बलिउडमा एक समय रेखा र अमिताभको जोडीले फिल्म संसारमा राज गर्थ्यो । जोडी पर्दा भित्र र बाहिर हिट थियो।  तर  दुईको जोडी धेरै विवादित पनि रहेको छ। 

अमिताभ रेखासँग विवाह पछि पनि सम्बन्धमा रहे । कुरा बाहिर आएपछि अब दुबै एक अर्कालाई हेर्न समेत डराउँछन्। ८० को दशकको सबैभन्दा प्रसिद्ध जोडी, अमिताभ-रेखा, आज उमेरको अन्तिम समय तिर छन् । जहाँ सबै गुनासोहरू बिर्सिएका छन्। रेखा र अमिताभ सधै एकसाथ रहन्थे, एक अर्काबिना बस्न सक्दैन थिए ।

अमिताभ सन् १९७३ मा जया बच्चनसँग विवाह बन्धनम बाँधिएका थिए । कुनै समय अमिताभको निकै नजिकको व्यक्ति मानिएका अमर सिंहले बच्चन परिवारको विषयमा निकै महत्वपूर्ण खुलासा गरेका थिए । अमर सिंहका अनुसार अमिताभ बच्चन र जया बच्चनको सम्बन्ध बिग्रिएको थियो र उनीहरु सँगै बस्दैनथे । उनले ऐश्वर्या र जयाको सम्बन्ध पनि ठीकसँग नचलेको बताएका थिए ।
 
यति धेरै आरोपको बीचमा पनि अमिताभ र जयाले खुलेर केही कुरा भने बताएका थिएनन् । फिल्म जंजीरपछि अमिताभ र जयाको प्रेम कहानी शुरु भएको थियो । अमिताभ विवाहअघि केही समय बिताउन चाहन्थे तर पिताको आज्ञालाई मान्दै उनले जयासँग छिटै नै विवाह गरेका थिए ।

अमिताभले सन् १९७६ मा रेखासँग ‘दो अनजाने’ फिल्मको शुटिङ शुरु गरेका थिए । यो क्रममा रेखा र अमिताभ एक साथीको घरमा सधैं भेट्ने गर्थे । ऋषि कपूर र नीतू सिंहको विवाहमा रेखा सिउँदोमा सिन्दूर लगाएर पुगेको घटनाले यसलाई थप मलजल गरेको थियो ।

यसैबीच जयाले पनि एक अन्तर्वार्तामा अमिताभले आफूसँग विवाह गरेको र आफूसँग लुकाएर उनले अर्को सम्बन्ध राखेको खण्डमा त्यो उनको समस्या हुने र यसको परिणाम पनि उनले भोग्नुपर्ने बताएकी थिइन् ।

रेखाले पनि जयालाई उत्तर दिँदै जयालाई उनका पतिलाई यसबारे समस्या नहुन्जेल कुनै समस्या नहुनुपर्ने जवाफ फर्काएकी थिइन् । यो विवादपछि अमिताभले रेखासँग काम गर्न छाडेका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार रेखाले आज पनि अमिताभको ब्लग पढ्छिन् तर कुनै प्रतिक्रिया दिदिनन्। रेखाले अमिताभको चलचित्र हेर्दै प्रशंसा पनि गर्छिन् । उनी  भन्छिन् अमिताभ एक राम्रा कलाकार हुन्।

रेखा र अमिताभले धेरै हिट फिल्म दिएका छन् । जसमा 'गंगा की सौगन्ध', 'खुन-पसीना', 'नटवरलाल', 'सुहाग', 'मुकद्दार का सिंकदार' र 'सिलसिला' रहेका छन्। यश चोपड़ा निर्देशित 'सिलसिला' दुबैको अन्तिम फिल्म थियो । जसमा उनीहरूले सँगै काम गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ