arrow

आयल निगमको नाफा कटाएर बुढीगण्डकीको पानीमा खनाउने !

पूर्वाधार करमा जनतालाई सीधा मार नपर्ने

logo
प्रकाशित २०७३ जेठ १६ आइतबार
budigandaki-1.jpg.jpeg
काठमाडौं। सरकारले नेपालमा आउने पेट्रोलियम पदार्थ आयातको क्रममा लाग्ने करमा पाँच रूपैयाँ भन्सार विन्दूमा नै लाग्नेगरी लिने व्यवस्था गरेको पैसाको कारणले सर्वसाधारणमा भने थप भार नपर्ने भएको छ। पूर्वाधार कर शीर्षकमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भारतबाट आयात हुने पेट्रोलियम पदार्थमा प्रति लिटर रु. ५ बढाउने बताएका थिए।
 
यसरी बढाईएको कर जनतालाई सीधा पर्दा मुल्यवृद्धि आकाशिने भनेर जनता त्रसित रहेको बेलामा नेपाल आयल निगमले भने सो रकम निगमको आन्तरिक नाफाबाट पूर्ति गरिने स्पष्ट पारे। यसरी उठाईएको पुर्वाधार कर बुढीगण्डकी जलविद्युत आयोजनामा लगानी गरिने पनि अर्थमन्त्रीले जानकारी दिएका थिए।
 
सरकारले भन्सार बिन्दुमै पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलमा पुर्वाधार कर लगाउने योजना रहेको छ। निगमका प्रवक्ता मुकुन्द घिमिरेले यो व्यवस्थाले सर्वसाधारणलाई सीधा मर्का भने नपर्ने बताएका छन्। उनले भने ‘यो हाम्रो आन्तरिक नाफाबाट कटौती हुने रकम हो। यसको कारणले पेट्रोलियम पदार्थको भाउ बढ्दैन।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ