arrow

शान्ति शिक्षाले विद्यालय भवन पुनःनिर्माण गरी धमाधम हस्तान्त्रण गर्दै

logo
प्रकाशित २०७३ जेठ १६ आइतबार
handover-school-new.jpg.jpeg
काठमाडौं । शान्ति शिक्षा अभियान नेपालले ललितपुरको आश्राङ गाविसमा रहेको विद्याधिश्वरी उच्च माध्यमिक विद्यालयको भवन पुनःनिर्माण गरी हस्तान्त्रण गरेको छ । भवन हतान्त्रण कांग्रेस सांसद उदयशमशेर राणाले गरेका हुन् । सोही अवसरमा नवनिर्मित भवनको सामाजिक परिक्षण कार्यक्रम समेत भएको छ । 
 
शान्ति शिक्षा अभियान नेपालले स्थापनाकालदेखि नै आफ्नो उद्देश्य अनुरुप भूकम्पले अति पीडित काठमाडौं ललितपुर, सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोकमा शैक्षिक गुणस्तर सुधार परियोजना अन्र्तगत विद्यालय भवन निर्माण एवं मर्मत संभार, प्रारम्भिक बालविकास र अंग्रेजीभाषा शिक्षणतालिम, खानेपानी, सेतोपाटी, फर्निचरको व्यवस्था, कक्षाकोठाहरुमा झ्याल ढोकाहरुको व्यवस्थागर्ने जस्ता विद्यालय केन्द्रितकार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । 
 
गएको वर्ष वैशाख १२ र २९ गतेको विनाशकारी भुकम्पले क्षतीग्रस्त विद्यालय भवनहरु र विद्यार्थीहरुको दयनीयअवस्थालार्ई मध्यनजर गर्दै सो संस्थाले दोलखामा  ५, काभ्रेमा ४, काठमाडौंमा ३ र ललितपुरका १० वटा गरीकुल २ करोड ७५ लाखको लागतमा २२ वटा विद्यालय भवनमर्मत तथा पुनःनिर्माण गर्ने निर्णय गरेको छ ।
 
विद्यालयका प्रधानाध्यापक थल प्रसाद तिम्सिनाले कक्षा कोठा अभाव भएकाले विद्यालयमा पठन–पाठन गर्न गराउन असहज भएको बताए । उनले शान्ति शिक्षा अभियान नेपालले भुइँतलामा २ कोठे पक्कीभवन निर्माण गरीविद्यालयलाई धेरै राहत दिलाएकोमा संस्थालाई धन्यवाद ज्ञापन गरे । 
 
कार्यक्रममा शान्ति शिक्षा अभियान नेपालका कार्यक्रम संयोजक सीता न्यौपानेले भवननिर्माणमा लागेको कुललागत रकम ७ लाख ७६ हजार पाँच ५६ खर्च भएको बारे विस्तृत रुपमा समुदाय समक्ष सार्वजनिक परिक्षण प्रतिवेदन पेश गरे । यस्तै, शान्ति शिक्षा अभियान नेपालका अध्यक्ष रबिन्द्र महर्जनले कक्षा कोठा अभावले विद्यार्थीहरुलाई पठन पाठनमा असहज भइरहेका बेला सहयोग गर्न पाएकोमा खुशी प्रकट गरे । 
 
रामकृष्ण चित्रकारले शिक्षा र देश विकासमा विज्ञानको महत्वझल्काउँदै विद्यालयलाई विज्ञान प्रयोगशालाका निम्ति दुई लाख सहयोग गरेको जानकारी गराए । उनलाई सांसद उदयशमशेर राणाले विद्यालयलाई अतुलनीय सहयोग गरेको निम्ति प्रमाण पत्र दिई सम्मान गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ