arrow

साथी तिमी मेरोमा संजयसँग सविना र रिना, कर्णप्रिय गीतमा आँखामा नबिझाउने भिडियो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २४ शनिबार
sanjaya-rina.jpg

काठमाडौं । प्रवासमा रहेर पनि अभिनयलाई कर्मलाई अगाँल्दै आएका संजयभक्त कंडेल फेरि अर्को म्यूजिक भिडियोमा प्रकट भएका छन्। प्रवासमै रहेर निरन्तर गीत रचनामा क्रियाशिल मुकेश राईको ‘साथी तिमी मेरो’ गीतको म्यूजिक भिडियोमा कँडेल सहितका बेलायतकै नेपाली कलाकारहरुले अभिनय गरेका छन्।  

मुकेशकै ‘मनोकांक्षा भाग २’ गीति एल्बममा समावेश गीतलाई चल्तीका गायक गायिका मेलिना राई र ताराप्रकाश लिम्बुले स्वर भरेका छन् । लन्डनका विभिन्न स्थानमा छायाकंन गरिएको गीतको भिडियोलाई प्रभु गुरुङले निर्देशन गरेका छन भने सुमन र अनुराग श्रेष्ठले क्यामरा चलाएका छन् ।

यही गीतमार्फत डेब्यु गरेकी मिसेस नेपाल यूके २०१८ सेकेण्ड रनरअप सविना श्रेष्ठ थापा, संचारकर्मी तथा कलाकार संजयभक्त कंडेल र संचारकर्मी रीना भण्डारीले भिडियोमा अभिनय गरेका छन् । नेपाल पत्रकार महासंघ यूकेका महासचिब तथा नेपाल प्रेस युनियन युरोप संयोजक समेत रहेका कँडेल बेलायतमा म्युजिक भिडियोमा मोडलिङ गर्दै आएका छन् । यसअघी पनि उनले केहि म्युजिक भिडियोमा अभिनय गरेका छन् । विगतका म्युजिक भिडियोको तुलनामा कँडेल र रीनाको अभिनय निखारिदै आएको पाइएको छ। समग्रमा कर्णप्रिय गीतमा म्युजिक भिडियो पनि सलल बगेको छ ।

बेलायतमै बसोबास गरिरहेका कलाकारहरुले गीतमार्फत मित्रता, प्रेम र रोमान्सको कथालाई गज्जबले उजागर गरेका छन् । पुप्रण प्रोडक्सन युकेको युट्यूब च्यानलमार्फत सार्वजनिक भएको भिडियोलाई सुशील गुरुङले सम्पादन गरेका छन भने कोरियोग्राफी निर्देशक स्वयंले गरेका छन् । 

गायक ताराप्रकाशले नै संगीत भरेको गीतको भिडियोमा अभिनय गरेका कलाकारहरुले प्रवासमा बसेर नेपाली कला संस्कृतीको संरक्षणमा थोरै भएपनि प्रयास गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ