arrow

पञ्चाङ्गअनुसार यस्तो हुनेछ आइतबारको दिन

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ असोज २५ आइतबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ आश्विन २५ गते आइतबार, इस्वीसंवत अक्टुबर ११ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार अधिक आश्विनकृष्ण पक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज अधिक आश्विनकृष्णको नवमी तिथि रहनेछ । आज तिष्य नक्षत्र, विष्कुम्भादि योगमा सिद्धि, करणमा वणिज आनन्दादि योगमा श्रीवत्स रहनेछ । सूर्य कन्या राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान २८ घटि ५७ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर २ मिनेटमा रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर ३७ मिनेटमा हुनेछ । 

आजको राशिफल
मेषः
समय खराब छ । अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले मन खिन्न बनाउला । अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । लगनशील भएर प्रयत्न गर्दा बिस्तारै अवरोध हट्न सक्छ ।

मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार गणेश भगवानको पूजा र सूर्य देवको आराधना गरी लक्ष्मीनारायणलाई गुलियो खिर अर्पण गरेमा राम्रो हुनेछ भने कामहरू समयमा नै सम्पन्न हुनेछन् । मेष राशिवालाले कर्कट, सिंह, वृश्चिक, धनु र मीन राशिवाला व्यक्तिसँग व्यवसाय गर्दा लाभ होला । मेष राशिका व्यक्तिलाई मंगलबार शुभ र आइतबार अशुभ हुन्छ ।

वृषः समय शुभ छ । छोटो समयमा मनग्गे फाइदा हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ । परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ । आम्दानी राम्रो भए पनि सुविधाका लागि खर्च बढ्न सक्छ ।

वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानसिक शान्ति मिल्नेछ । साथै हरेक दिन गाईलाई रोटी र परेवालाई चारो दिनुहोस् र प्रत्येक बिहान भगवान शिवको दर्शन गरी शुक्रवार शिवलिंगमा साबुदाना अर्पण गर्दा निकै राम्रो हुनेछ । यस राशिका व्यक्तिलाई शुक्रबार शुभ, शनिबार अशुभ हुन्छ ।

मिथुनः समय शुभ छैन । केही दौडधुप गर्नु परे पनि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ । तर द्वेष तथा ईर्ष्या गर्नेहरूले सताउन सक्छन् । अरूको वचन हार्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । परिबन्धले अप्ठ्यारोमा पार्न सक्छ ।
 
मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । मिथुन राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन र पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ भने प्रत्येक दिन बिहानै देवी लक्ष्मी वा दुर्गाको दर्शन गरी गणेशलाई रातो फूल अर्पण गर्दा तपाइँको मनोकांक्षा पूर्ण हुनेछ । मिथुन राशिका लागि बुधबार शुभ र सोमबार अशुभ हुन्छ ।

कर्कटः तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । दिगो काम प्रारम्भ गर्ने समय छ । विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ । गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । स्वास्थ्यमा भने केही कमजोरी रहनेछ । मिनहिनेतले राम्रो प्रतिफल दिलाउनेछ ।

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले सोमवार शिवालयमा विशेष पूजा गरेर सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । यस्तै हरेक बिहान भगवान कृष्णको दर्शन गरी तुलसी, मिश्री र मख्खनको भोग लगाएमा राम्रो हुनेछ । कर्कट राशिका लागि सोमबार शुभ र बुधबार अशुभ हुने गर्दछ । 

सिंहः समय खराब छ । तत्कालको सामान्य फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ । 

सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, शनिबार विष्णुको पूजा गरेर पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । हरेक दिन बिहान सूर्यनारायणको दर्शन गरी रातो गुलाफ हनुमानजीको चरणमा अर्पण गर्दा तपाइँको स्वास्थ्य राम्रो हुनेछ । सिंह राशि भएका व्यक्तिका लागि आइतबार शुभ र शनिबार घात हुन्छ ।

कन्याः समय शुभ रहनेछ । नयाँ काममा हात हाल्ने समय छ । केही संघर्ष गर्नुपरे पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषिकर्म र व्यावसायिक काममा मनग्गे लाभ हुनेछ । उद्योग र व्यापारमा सामान्य लाभ उठाउन सकिनेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या भने बढ्न सक्छ । प्रतिस्पर्धीहरूले अलि दुःख देलान्। काममा आशा देखाउनेहरूबाट धोका पाइने सम्भावना देखिन्छ । 

कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएका व्यक्तिहरूले हरियो कपडा लगाउने र गणेश भगवानको पूजा गर्नु लाभदायक हुन्छ । साथै हरेक दिन बिहान भगवान गणेशको दर्शन गरी देवी दुर्गालाई सेतो चामल अर्पण गर्नुहोस् । कन्या राशिका लागि बुधबार शुभ र शनिबार घात हुने गर्दछ ।

तुलाः अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ । मानसम्मानमा बाधा पुग्नेछ । विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । मिहिनेत गर्दा बिस्तारै काम बन्न सक्छ । अवसर प्राप्त भए पनि दैनिकीमा परिवर्तन नआउन सक्छ ।

तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामी राशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । यस्तै मंगलवार गणेशजी र शुक्रवार लक्ष्मी देवीको पूजा गर्नाले लाभ मिल्नेछ । यस्तै भगवान लक्ष्मीनारायणलाई कमलको फूल अर्पण गरी हनुमानलाई लड्ड् चढाउनु भएमा तपाइँले आँटे ताकेका कामहरु पूर्ण हुनेछ । तुला राशिका लागि शुक्रबार शुभ र बिहीबार अशुभ हुनेछ ।

वृश्चिकः आज पनि समय भरपर्दो छैन । अप्ठ्यारो परिस्थितिमा पनि काम बन्नेछ । तर ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । जीवनशैली व्यस्त रहे पनि कम महत्त्वका काममा समय दिनुपर्ला । चिताएका काममा बाधा पुग्न सक्छ । अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । स्वास्थ्यका लागि आराम र खानपानमा ध्यान पुर्याउनुहोला ।
  
वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ । यस्तै भगवान विष्णु मन्दिरमा तुलसी रोप्नुहोस् र व्यापारी महानुभावहरुले यात्रा पूर्व श्रीराम स्तुति पाठ गर्दा राम्रो हुनेछ । वृश्चिक राशिका लागि मंगलबार शुभ र शुक्रबार अशुभ हुनेछ । 

धनुः सयम खराब छ । बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । आफन्तजनबाट भने टाढिनुपर्ला । पति पत्नीबीच घर सल्लाह नमिल्न सक्छ ।

धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । यो राशि भएका व्यक्तिले पहेंलो रंगको कपडा लगाउँदा सफलता मिल्नेछ । आफ्ना गुरुलाई सम्मान र गुरुमन्त्रको जप गर्ने बानी बसाल्दा राम्रो हुनेछ । यस्तै हरेक दिन हनुमानजीको दर्शन गरी पिपलमा जल र मिठाई अर्पण गरेर केशरीको टिका लगाउँदा तपाइँको परिवारमा शान्ति छाउनेछ । धनु राशिका लागि बिहीबार शुभ र शुक्रबार अशुभ हुनेछ । 

मकरः समय शुभ रहनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा राम्रो हुनेछ । यस्तै हरेक बिहान देवी गायत्रीको दर्शन गरी महत्वपूर्ण काममा जानुपूर्व सेतो फूल साथमै लादा राम्रो हुनेछ । मकर राशिका लागि शनिबार शुभ र मंगलबार अशुभ हुनेछ । 

कुम्भः दिन तथा समय राम्रा छन् । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षा गरिएको काम बन्न सक्छ । सेवामूलक कामबाट उपलब्धि हातलागी हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कीर्तिमानी काम गर्ने समय छ । तर, परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ । आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउन सक्छन् । विश्वासपात्रले धोका दिने हुँदा समयमै सजग रहनुपर्ला ।

कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवको पूजा गर्ने, भोका व्यक्तिलाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ । यस्तै केराको बोटमुनी दियो बाली महत्वपूर्ण काम पूर्व हनुमानलाई मीठा पान अर्पण गर्दा तपाइँले गर्न खोजेका कामहरु पूर्ण हुनेछ । कुम्भ राशिका लागि शनिबार शुभ र बिहीबार अशुभ हुनेछ ।

मीनः समय सामान्य रहनेछ । फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ । धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला । चिताएको काम छिटै सम्पादन हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । व्यापार–व्यवसाय विस्तार गर्ने समय छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ। दिगो काम थाल्नुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ ।

 मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपीडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । यस्तै विष्णुलाई केसरीको टिका अर्पण गरेर र आफू पनि लगाउनुहोस् र लक्ष्मीलाई गुलियो प्रसाद अर्पण गर्नुहोस् यसले तपाइँको मनोकामना पूर्ण हुनेछ । मीन राशिका लागि बिहीबार शुभ र शुक्रबार अशुभ हुनेछ । 

साइतः चन्द्रमा कर्कट राशिमा छन् त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।
 
आजको शुभ लाभादि बेला 
बिहान ६ः०२ बजेदेखि         ७ः३२ बजेसम्म        उद्धेग बेला
बिहान ७ः३२ बजेदेखि         ९ः०२ बजेसम्म        चर बेला
बिहान ९ः०२ बजेदेखि         १०ः३२ बजेसम्म        लाभ बेला
बिहान १०ः३२ बजेदेखि        १२ः०२ बजेसम्म        अमृत बेला
बिहान १२ः०२ बजेदेखि        १ः३२ बजेसम्म        काल बेला
दिनमा १ः३२ बजेदेखि         ३ः०२ बजेसम्म        शुभ बेला
दिउँसो ३ः०२ बजेदेखि          ४ः३२ बजेसम्म        रोग बेला
दिउँसो ४ः३२ बजेदेखि           ६ः०२ बजेसम्म        उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय ः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ