arrow

चेन्नई र पन्जाब लयविहीन, आइतबार दिल्ली र मुम्बईबीचको भिडन्त

logo
प्रकाशित २०७७ असोज २५ आइतबार
ipl-chennai-punjab.jpg

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा चेन्नई सुपर किङ्स र किङ्स इलाभेन पन्जाबको खराव लय जारी रहेको छ । शनिबार दुबईमा डिफेन्डिङ रनर अप चेन्नई रोयल च्यालेन्जर्स बैंगलोरसँग ३७ रनले पराजित भयो । 

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ७० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि अम्बाती रायाडुले सर्वाधिक ४२ रन बनाए । यस्तै नारायण जागाडिसनले ३३ रन जोड्दा शेन वाट्सनले १४ र कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए । बैंगलोरका लागि क्रिस मोरिसले ३ विकेट लिए । वासिङ्गटन सुन्दरले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले नटआउट ९० रन बनाए । चेन्नईका सार्दुल ठाकुरले २ तथा साम करण र दिपक चाहरले १–१ विकेट लिए ।

त्यस्तै कोलकाता नाइट राइडर्सले चौंथो जित निकालेको छ । आबुधाबीमा शनिबार भएको रोमान्चक खेलमा किङ्स इलाभेन पन्जाबलाई २ रनले पराजित गर्दै कोलकाताले चौंथो जित निकालेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकाताले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको पन्जाबले ५ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो ।

पन्जाबका कप्तान केएल राहुल र मायांक अग्रवालले हाफ सेन्चुरी बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

राहुलले ७४ तथा अग्रवालले ५६ रन बनाए । कोलकाताविरुद्ध पन्जाब जितको नजिक पुगेर पनि पराजित भयो । 

कोलकत्ताका प्रशिद्द कृष्णले ३ विकेट लिए । सुनिल नारिनको नाममा दुई विकेट रह्यो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

कोलकत्ताका लागि कप्तान दिनेश कार्तिकले ५८ तथा सुबमन गिलले  ५७ रन बनाए । पन्जाबका मोहमद शामी, अर्शदिप सिंह र रबि बिश्नोईले १–१ विकेट लिए ।

अंक तालिका 
अंक तालिकामा ६–६ खेलबाट दिल्ली क्यापिटल्स १० अंकबाट पहिलो, मुम्बई ८ अंकबाट दोस्रो, कोलकाता ८ अंकबाट तेस्रो, बैंगलोर ८ अंकबाट चौथो, सनराइजर्स हैदराबाद ६ अंकसहित पाँचौं स्थानमा छ । 

चेन्नई ७ खेलबाट ४ अंकसहित छैटौं, राजस्थान रोयल्स ४ अंकसहित सातौं स्थानमा छ । पन्जाब ७ खेलबाट २ अंकसहित पुछारमा छ । 

आइतबारको खेल
आइतबार पनि दुई खेल हुनेछन् । ३ः४५ बजे हैदराबाद र राजस्थान दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल्दैछन् । 

बेलुकी ७ः४५ बजे शीर्ष स्थानका दिल्ली र मुम्बईले शेख जायेद स्टेडियममा खेल्दैछन् । 

यो खेलमा पनि नेपाली स्पिनर सन्दीप लामिछानेले खेल्ने सम्भावना कम छ । उनले यो सिजन एउटा पनि खेल दिल्लीबाट खेल्न पाएका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ