arrow

उन्नाइस वर्षीया इगालाई फ्रेन्च ओपन

logo
प्रकाशित २०७७ असोज २५ आइतबार
iga-switech.jpg

काठमाडौं । पोल्याण्डकी टेनिस खेलाडी इगा स्विटेकले फ्रेन्च ओपन टेनिसको उपाधि जितेकी छिन् । उनी मात्र १९ वर्षकी छिन् । करियरमै उनले पहिलो ग्राण्डस्लाम उपाधि जितेकी हुन् । 

पेरिसमा शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी सोफिया केनिनलाई हराएर स्विटेकले उपाधि जितेकी हुन् । स्विटेकले चौंथो वरियताकी केनिनलाई ६–४ र ६–१ को सेटमा जित हासिल गरेकी हुन् । 

पहिलो पटक ग्राण्डस्लामको फाइनलमा पुगेकी उनले पहिलो फाइनल यात्रामै उपाधि जितेकी हुन् ।

५४ औं वरीयताकी स्विटेक सन् १९७५ पछि महिलातर्फ फाइनल पुग्ने तल्लो वरीयताकी पहिलो खेलाडी समेत हुन् ।

पुरुषतर्फको उपाधिका लागि १३ पटकका च्याम्पियन स्पेनिश खेलाडी राफेल नाडाल र पहिलो वरियताका सर्वियन खेलाडी नोभाक जोकोभिच भिड्ने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ