arrow

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २५ आइतबार
diamond-gold-jewellery.jpg.jpeg

काठमाडौं । साताको पहिलो दिख आइतबार सुनको मूल्यमा ८ सय रुपैयाँले वृद्धि भएको छ । सुनको शुक्रबार कायम मूल्यमा आइतबार ८ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो । महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य ९६ हजार ६ सय रुपैयाँ पुगेको छ । यसअघि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आइतबार तेजावी सुनको मूल्य ९५ हजार १ सय रुपैयाँ रहेको छ । यसअघि शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ रहेको थियो ।

आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ३५ रुपैयाँका दरले कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । यसअघि  शुक्रबार चाँदीको मूल्य ११ सय ९५ रुपैयाँ रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ