arrow

ऋषि कपूरको विवाहमा पुगेकि रेखाको सिउँदोमा सिन्दूर, अमिताभमाथि शंका

logo
प्रकाशित २०७७ असोज २५ आइतबार
rekha-amitab.jpg

काठमाडौं । महानायक अमिताभ बच्चनको चर्चासँगै एक बिषयमा भने कुरा काटिने गरिन्छ ।  फिल्म जगतमा सफलता पाएपनि अभिनेत्री रेखासँगको सम्बन्धलाई लिएर अमिताभ विवादित पनि बने।  अमिताभको ११ अक्टूबर १९४२ मा जन्म भएको हो। शनिबार रेखा ६६ औँ जन्मदिन मनाउदै छिन् । 

अमिताभ सन् १९७३ मा जया बच्चनसँग विवाह बन्धनम बाँधिएका थिए । कुनै समय अमिताभको निकै नजिकको व्यक्ति मानिएका अमर सिंहले बच्चन परिवारको विषयमा निकै महत्वपूर्ण खुलासा गरेका थिए । अमर सिंहका अनुसार अमिताभ बच्चन र जया बच्चनको सम्बन्ध बिग्रिएको थियो र उनीहरु सँगै बस्दैनथे । उनले ऐश्वर्या र जयाको सम्बन्ध पनि ठीकसँग नचलेको बताएका थिए ।
 
यति धेरै आरोपको बीचमा पनि अमिताभ र जयाले खुलेर केही कुरा भने बताएका थिएनन् । फिल्म जंजीरपछि अमिताभ र जयाको प्रेम कहानी शुरु भएको थियो । अमिताभ विवाहअघि केही समय बिताउन चाहन्थे तर पिताको आज्ञालाई मान्दै उनले जयासँग छिटै नै विवाह गरेका थिए ।

अमिताभले सन् १९७६ मा रेखासँग ‘दो अनजाने’ फिल्मको शुटिङ शुरु गरेका थिए । यो क्रममा रेखा र अमिताभ एक साथीको घरमा सधैं भेट्ने गर्थे । ऋषि कपूर र नीतू सिंहको विवाहमा रेखा सिउँदोमा सिन्दूर लगाएर पुगेको घटनाले यसलाई थप मलजल गरेको थियो ।

यसैबीच जयाले पनि एक अन्तर्वार्तामा अमिताभले आफूसँग विवाह गरेको र आफूसँग लुकाएर उनले अर्को सम्बन्ध राखेको खण्डमा त्यो उनको समस्या हुने र यसको परिणाम पनि उनले भोग्नुपर्ने बताएकी थिइन् ।

रेखाले पनि जयालाई उत्तर दिँदै जयालाई उनका पतिलाई यसबारे समस्या नहुन्जेल कुनै समस्या नहुनुपर्ने जवाफ फर्काएकी थिइन् । यो विवादपछि अमिताभले रेखासँग काम गर्न छाडेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ