arrow

अमिताभको चल अचल सम्पति कति, कसले कति पाउछन् शेखपछि ?

logo
प्रकाशित २०७७ असोज २५ आइतबार
amitab1.jpg

काठमाडौं ।  बलिउड महानायक अमिताभ बच्चनको आइतबार  ७८ औँ जन्म दिन हो ।   भारतीय सिनेमामा शहंशाह, मेगास्टार र महनायक अमिताभले बलिउडमा धेरै ठूला उपलब्धिहरू हासिल गरेका छन ।   उनको जन्मदिन ११ अक्टुबर १९४२ मा  भएको हो ।  अमिताभ सँग लगभग एक हजार  करोड  भारतीय रुपैयाँको सम्पत्ति  छ। सो कुराको खुलासा गत बर्षको भारतीय निर्वाचनको समय जया बच्चनले चुनावी नामांकनको बेला भएको थियो । 

जया बच्चनले समाजवादी पार्टीको तर्फबाट राज्यसभाका लागि पेश गरेको नामांकनमा पत्रमा, अमिताभ र जया बच्चनको जम्मा सम्पत्ति १०.०१ अर्ब रहेको छ ।  जुन १००० करोड भन्दा बढी हो। यति मात्र होईन, दुबैको घर र धेरै शहरहरूमा सम्पत्तीहरू छन्। अमिताभ र जयाको हाल  ४६०  करोड रुपैयाँ भन्दा बढीको अचल र ५४० करोडको चल सम्पत्ति रहेको छ । यस बाहेक दुबैको लन्डन, फ्रान्स, दुबई, पेरिस लगायत भारत र विदेशमा १९ बैंकमा खाता छ। दुबैसँग ६२ करोडको गहना रहेको छ।

बच्चन दम्पत्तिको देश र विदेशमा थुप्रै बंगला र घरहरू छन्।  उनिहरू सवारी साधनहरु पनि धेरै मन पराउछन्। बच्चनसँग करिब १३ करोड रुपैयाँको मूल्याका १२ गाडी छन् । यसमा एक रोल्स रोयस, तीन मर्सिडिज, ए पोर्श तथा एक रेन्ज रोवर जस्तो विलाशी गाडी छन् । अमिताभसँग एक टाटा नानो कार तथा एक ट्याक्टर पनि छन् ।  यस बाहेक, दुबैसँग मुल्यवान घडि पेन लगायत साना साना चीजहरू छन् जसको मूल्य करोडौं रूपैयाँ परेको छ ।

दुबैसँग फ्रान्सको ब्रिगनोगल प्लेजमा ३ हजार १ सय ७५ वर्ग मिटर क्षेत्रफलमा रहेको घरसहितको सम्पत्ति छ । भारतमा उनीहरुसँग नोएडा, भोपाल, पुणे, अहमदाबाद, गान्धी नगरमा जग्गा जमिन छ ।

अमिताभसँग बाराबंकीको दौतपुर क्षेत्रमा ५.७ करोड मूल्यको ३ बटा जग्गा छ । जयाको नाममा लखनउको काकोरी क्षेत्रमा २.२ करोड रुपैयाको १.२२ हेक्टर कृषि भूमी पनि रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  

बलिउड हस्ती जोडीको सम्पत्ति ६ बर्षमा दोब्बर भएको छ। सन् २०१२ मा अमिताभ र जयाको जम्मा ५०० करोड सम्पत्ति थियो । र सन् २०१८ मा १००० करोडको विवरण पेश गरेका छन् । ६ बर्ष भित्रै दुवैको पैसा दोब्बर भएको हो ।

सो सम्पत्तिमा अमिताभका दुई सन्तानलाई बाड्ने अमिताभले बताएका छन् । अमिताभका एक छोरा अभिषेक र एक छोरी श्वता रहेका छन् । अमिताभले आफ्नो सम्पत्ति अभिषेक र श्वतालाई बराबर बाढिदिने घोषणा गरेका थिए । महानायक अमिताभले आफ्नो  मृत्युपछि दुई सन्तानलाई सबे सम्पत्ति दिने बताएका थिए ।  'एउटा छोरा र एउटी छोरीलाई आधा आधा  बाडिनेछ । दुबै बराबार मिल्नेछ' उनले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ