arrow

मृगौला पीडित रोकायाको उपचारका लागि सहयोग

logo
प्रकाशित २०७७ असोज २५ आइतबार
suresh-rokaya-sahayog.PNG

डोटी । डोटीको शिखर नगरपालिका–११ का मृगौला पीडित २१ वर्षीय सुरेश रोकायाको उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ। 

लामो समयदेखि दुईवटै मृगौला फेल भई टिचिङ हस्पिटल काठमाडौंमा उपचाररत रोकायाको जीवन रक्षाका लागि स्वदेश तथा विदेशबाट संकलित रकम आईतबार बैंकमा जम्मा गरिएको हो।

उनको उपचारमा सहयोग पुर्याउन धनगढीसहित देशका विभिन्न स्थानमा ‘सुरेश रोकाया बचाउ’ अभियान थालिएको थियो। सोही अभियानबाट संकलित ८४ हजार ६ सय रुपैंया सामाजिक अभियान्ता दिपेन्द्र सिंह र योगेन्द्र रावत हस्तान्तरण गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ