arrow

दिल्लीमाथि मुम्बई हावी, अंकमा बराबरी

logo
प्रकाशित २०७७ असोज २६ सोमबार
ipl-mumbai1.jpg

काठमाडौं । मुम्बई इन्डियन्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्समाथि महत्वपूर्ण जित निकालेको छ । अबुधाबीमा आइतबार राति नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीलाई ५ विकेटले पराजित गर्दै डिफेन्डि च्याम्पियन मुम्बईले पाँचौं जित निकालेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६३ रनको विजयी लक्ष्य मुम्बईले १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा क्विनटन डी कक र सूर्यकुमार यादवले समान ५३ रन बनाए । यस्तै इशान किशनले २८ रन जोड्दा कप्तान रोहित शर्मा ५ रनमा आउट भए ।

दिल्लीका कागिसो राबडाले २ विकेट लिए । अक्षर पटेल, रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले समान १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले  ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले नटआउट ६९ रन बनाए । यस्तै कप्तान श्रेयस आयरले ४२ रन बनाए ।

मुम्बईका हार्दिक पाण्डयले २ तथा ट्रेन्ट बोल्टले १ विकेट लिए ।

यो खेलमा पनि सन्दीप लामिछाने खेल्न पाएनन् । 

अर्को खेलको नतिजा 
राजस्थान रोयल्सले तेस्रो जित निकालेको छ । दुबईमा आइतबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै राजस्थानले तेस्रो जित निकालेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले १९.५ ओभरमा  ५ विकेट गुमाएर पूरा गर्यो ।

राजस्थानको जितमा राहुल टेवाटियाले नटआउट ४५ तथा रियान परागले नटआउट ४२ रन बनाए । हैदराबादका राशिद खान र खलिल अहमेदले २–२ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । हैदराबादका लागि मनिष पाण्डेले ५४ रन बनाए । 

कप्तान डेभिड वार्नर ४८ रनमा आउट भए । राजस्थानका जोफ्रा आर्चर, जयदेव उनाडकट र कार्तिक त्यागीले १–१ विकेट लिए ।

अंक तालिका 
मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ । दिल्लीको यो दोस्रो हार हो । दोस्रो स्थानमा रहेको दिल्लीले ७ खेलमा १० अंक नै जोडेको छ ।

यता राजस्थानले ७ खेलमा ६ अंक जोडेको छ । राजस्थान तालिकाको छैटौं स्थानमा समेत उक्लिएको छ ।

हैदराबादको यो चौंथो हार हो । हैदराबाद ७ खेलमा ६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

६ खेलबाट ८ अंकसहित कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोर क्रमशः तेस्रो र चौथो स्थानमा छन् । 

७ खेलबाट ४ अंकसहित चेन्नई सुपर किङ्स सातौं तथा २ अंकबाट किंगस इलाभेन पन्जाब पुछारमा छ । 

सोमबारको खेल
सोमबार बैंगलोर र कोलकाता खेल्नेछन् । 

खेल बेलुकै ७ः४५ बजे शारजहाँ क्रिकेट स्टेडियममा हुनेछ । 

यो खेल जित्ने टिमले शीर्ष स्थानको टिमसँग अंक बराबरी गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ