arrow

प्रधानमन्त्रीको पोष्टमा मुख्य सचिवको ३ गोल, टिम लिडर ओली भन्छन्–‘मेरो टिमले ठिकै मात्र खेल्यो’

logo
प्रकाशित २०७३ जेठ १६ आइतबार
PM-seckretry-football-new.jpg.jpeg
काठमाडौं । गणतन्त्र दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण रमाइलो फुटबलमा मुख्य सचिव ११ टिम विजयी भएको छ । प्रधानमन्त्री ११ र मुख्य सचिव ११ का बीच दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा मुख्य सचिव सोमलाल सुवेदीको टोली ३–२ ले विजयी भएको हो । 
 
मुख्य सचिव टिमलाई विजयी गराउन लोक सेवा आयोगका सचिव माधवराज रेग्मी एक्लैले दुई गोल गरे । उनले खेलको २० औं मिनेटमै सुवाती अग्रता दिलाएका थिए । प्रधानमन्त्रीको टिमले दोस्रो आफपछि ४८औं मिनेटमा मात्रै गोल फर्कायो । प्रधानमन्त्री ११ बाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री अग्नी खरेल र श्रम तथा रोजगार मन्त्री दिपक बोहराले १–१ गोल गरे । 
 
मन्त्री परिषद्का सदस्यहरु र सरकारी उच्च अधिकारीहबीचको रोमाञ्चक खेलमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुवाती १३ मिनेट खेल मैदानमा विताए । दोस्रो हाफपछि प्रधानमन्त्री ओली खेल मैदानभित्र रहेर निर्देशन गरे । उनले आफ्नो खुवि भएभर प्रयोग गरे तर टोलीलाई जिताउन सकेनन् । प्रधानमन्त्रीले २ गोल खाएका किपर एवं वातावरण मन्त्री विश्वेन्द्र पासवानको ठाउमा उद्योग मन्त्री सोम प्रसाद पाण्डेलाई ल्याए । पछि उनले पनि एक गोल खाए । विश्वेन्द्र पासवानले उत्कृष्ठ बचाउ गरिरहेकामा घाइते भएपछि बाहिरिए । 
 
खेलपछि जित्ने टिमलाई बधाई दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो टिमले ठिकै मात्र खेल्यो’ भने । उनले यो मैत्रीपूर्ण भन्दा पनि गणतन्त्र दिवसको अवसरमा खेल सन्देश दिनका लागि खेलिएको बताए । ओलीले सबै नेपालीले फुटबल हेरेर रमाइलो मान्नु भयो होला, सवैलाई धन्यवाद–भने ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ