arrow

नवाजुद्धिनको पीडाः हामीलाई तल्लो जातिको सम्झिन्छन् 

logo
प्रकाशित २०७७ असोज २६ सोमबार
nawazuddin-siddhiqui.jpg

काठमाडौं । बलिउड अभिनेता नवाजुद्धिन सिद्धिकीले आफूहरुलाई अझै पनि गाउँमा तल्लो जातिको भनेर सम्झिने गरेको भन्दै पीडा पोखेका छन् । उनको गाउँ उत्तर प्रदेशको बुढानामा आज पनि जातिगत भेदभावको सामना गर्नुपर्छ । 

एक अन्तर्वार्तामा उनले हाथरसमा दलित युवतीमाथि भएको सामूहिक बलात्कार र मारपीटबारे आफुनो विचार राखिरहेका थिए । उनले गाउँमा जाति व्यवस्था यतिसम्म गहिराइमा पुगेको छ कि चलचित्रमा उनको लोकप्रियता बढेको भए पनि उनलाई छाडिँदैन । 

उनले उनकी हजुरआमा तल्लो जातिको भएकी र सोही कारण आज पनि गाउँमा उनलाई स्वीकार गरिँदैन । 

नवाजुद्धिनले हालै सुधिर मिश्राको निर्देशनमा बनिरहेको फिल्म ‘सिरियस म्यान’ मा दलित व्यक्तिको भूमिकामा आएका थिए । २ अक्टोबरमा यो नेटफ्लिक्समा रिलिज भएको थियो । 

यो फिल्म यसै नामबाट प्रकाशित भएको मनू जोसेफका पुस्तकमा आधारित छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ